काँग्रेसको १० भिजनमा अट्यो स्वास्थ्य, पाँचौँ नम्बरमा लेखियो- ‘ओखती र ओत दिने नेपाल’

काठमाडौँ, ६ फागुन । आसन्न निर्वाचनलाई लक्षित गरी नेपाली काँग्रेसले आज जनकपुरमा प्रतिज्ञा पत्र सार्वजनिक गरेको छ । अघिल्ला निर्वाचनहरुमा लामो लामो प्रतिज्ञापत्र ल्याउने काँग्रेसले पनि यसपटक सम्छिप्त रुपमा प्रतिवद्धता पत्र तयार पारी सार्वजनिक गरेको छ ।
काँग्रेस सभापति गगनकुमार थापाले सार्वजनिक गरेको प्रतिज्ञापत्रमा आगामी पाँच वर्षका लागि पार्टीले लिने नीति तय गरिएको छ । १० भिजन भनेर दिईएको प्रतिज्ञा पत्रको पाँचौँ नम्बर बुँदामा स्वास्थ्यको विषय समेत अटाएको छ ।
‘ओखती र ओत दिने नेपाल’ राखिएको १० भिजनको पाँचौँ नम्बर बुँदामा भनिएको छ, ‘हाम्रो परिकल्पनाको नेपाल गर्भावस्था देखि बृद्धावस्थासम्म नै नागरिकको स्वास्थ्यप्रति राज्य संवेदनशील र जिम्मेवार हुनेछ । परिवारमा कसैलाई रोग लागिहाले कसरी उपचार गर्ने र अस्पतालको शुल्क कसरी तिर्ने भन्ने डरबाट नागरिक मुक्त हुनेछन् ।’
उक्त बुँदाको अगाडी भनिएको छ , ‘स्वास्थ्य सेवा राज्यले गर्ने परोपकार होईन, उपचार नागरिकको मौलिक अधिकार भन्ने मान्यताका आधारमा हरेक नेपालीलाई औषधी र अस्पतालको ओत दिनु राज्यको प्रमुख कर्तव्य हुनेछ । विकसित देशको स्तरको उन्नत स्वास्थ्य बीमा प्रणालीमार्फत राज्यले यो जिम्मेवारी पुरा गर्नेछ ।’
हेर्नुहोस नेपाली काँग्रेसको १० भिजन:

सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ