औषधी सम्वन्धी बृहत प्रदर्शनी ‘नेपाल फर्मा एक्स्पो -२०२६’ आगामी फागुन २८ देखि ३० सम्म काठमाडौँमा हुने

68
Shares

काठमाडौँ, २८ माघ । औषधी तथा औषधीजन्य उपकरणको बृहत प्रदर्शनी ‘नेपाल फर्मा एक्स्पो – २०२६’ आगामी २८ देखि ३० फागुनमा काठमाडौँको भृकुटीमण्डपमा हुने भएको छ । नेपाल औषधि उत्पादक संघ (एपोन) को मुख्य आयोजनामा हरेक दुई दुई वर्षमा हुने यसपटकको एक्स्पो दशौँ संस्करण हो ।

“फर्मामा नवीनताः भोलिको स्वास्थ्यका लागि” भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको एक्सोमा २०० बढी स्टल रहने बताइएको छ । जसमा नेपाल सहित भारत, बंगलादेश, जर्मनी, जापान लगायतका देशका बहुराष्ट्रिय कम्पनीहरुको सहभागिता हुनेछ ।

ठिक एक महिना पछि हुने एक्स्पोबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा एपोनका अध्यक्ष बिप्लब अधिकारीले नेपालका औषधी उद्योगलाई अगाडी बढाउन तथा औषधीमा आत्मनिर्भरताको बाटो समाउन अन्तर्राष्ट्रिय स्तरको एक्स्पोको आयोजना गरिएको बताए ।

उनले भने, ,आजका औषधीहरु विगतमा भएका रिसर्च एन्ड डेभलप्मेन्ट (आरएनडी) अनुसार उत्पादन भएका र आजका दिनमा शत प्रतिशत नयाँ आरएनडी भइरहेका छन्, जसले भविष्यमा बन्ने औषधीको सुनिश्चितता गर्ने छ । हामीले हिजोका दिनमा गरेका अनुसन्धान र आविष्कारहरू आजको औषधीको उद्योगको आधार हुन् । आजको हाम्रो नवीन सोच र प्रविधिमा गरिने लगानीले नै भोलिको स्वस्थ नेपालको भविष्य सुनिश्चित गर्नेछ । यो एक्स्पो केवल प्रदर्शनी मात्र नभई नेपाललाई औषधि उत्पादनमा आत्मनिर्भर बनाउने एउटा बलियो खुड्किलो हो ।’

एक्स्पोका कोअर्डिनेटर रहेका एपोनका उपाध्यक्ष सन्तोष बरालले औषधी यसपटकको एक्स्पोमा ९० प्रतिशत स्टलमा विदेशी/बहुराष्ट्रिय कम्पनीको सहभागीता हुने बताए । त्यसमा औषधि उत्पादनमा प्रयोग हुने अत्याधुनिक प्रविधि, ल्याब टेक्नोलोजी, कच्चा पदार्थ, प्याकिङ्ग उत्पादक र मेसिनरीहरूको प्रदर्शन गरिने जानकारी दिए । यसबाट औषधीका लागि ल्याईने कच्चा पदार्थ, प्याकिङ सामग्री र नयाँ प्रविधिको क्षेत्रमा विश्व बजारमा आएका नवीनतम प्रविधिलाई नेपाली बजारसँग जोडन मद्धत गर्ने उनले बताए ।

“धेरैलाई अझै पनि नेपालमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय औषधि बन्छ भन्ने थाहा छैन । यस एक्स्पोमार्फत हामी सरोकारवाला र आम सर्वसाधारणलाई नेपालमै विश्वस्तरीय औषधि उत्पादन हुन्छ भन्ने विश्वास दिलाउन चाहन्छौँ । औषधि क्षेत्रको ज्ञान लिन चाहने जो– कोहीका लागि प्रवेश निःशुल्क गरिएको छ ताकि सबैले नेपाली औषधिको क्षमता र सामथ्र्य बुझ्दै नेपालमै गुणस्तरीय औषधि उत्पादन भइरहेको विषयमा जानकारी पाउनुहुनेछ,’ बरालले भने ।

त्यसो त यसपटक एक्स्पोको सह आयोजकको रुपमा औषधी व्यवस्था विभागले समेत सहकार्य गरेको छ ।

पत्रकार सम्मेलनमा उपस्थित भएका विभागका महानिर्देशक नारायणप्रसाद ढकालले स्वदेशी उद्योगको विकास तथा प्रवर्दर्नका लागि निजी क्षेत्रसंग सरकारले सहकार्य गर्ने योजना अनुरुप विभागले हातेमालो गरेको बताए ।

‘औषधीमा गुणस्तर कायम होस, प्रविधि भित्रियोस, कसरी हुन्छ नेपाली उद्योगहरु फस्टाओस भन्ने सरकारको चाहना हो, विभागको चाहना हो । अझ यस्ता कार्यक्रम सरकारले नै पनि गर्नु पर्दथ्यो । निजी क्षेत्रबाट यसको आयोजना भईरहँदा हामीले सहकार्य गरेका हौँ,’ उनले भने ।

महानिर्देशक ढकालले बहुराष्ट्रिय कम्पनीहरुलाई निम्त्याएर गरिने यस किसिमको प्रदर्शनीले स्वदेशी उद्योगहरुलाई नविनतम प्रविधि तथा उपकरणबारे सहज रुपमा जानकारी हुने समेत बताए ।

एक्स्पोका मिडिया कोअर्डिनेटर शैलेश वैद्यले प्राविधिक पक्षलाई अझ सुदृढ बनाउन एक्स्पोको एक दिन अगाडि फागुन २७ गते नेपाली औषधी उद्योगमा कार्यरत क्वालिटी कन्ट्रोलका फर्मासिस्टहरूलाई अन्तर्राष्ट्रिय स्तरका प्राविधिकहरूले गुणस्तरसम्बन्धी विशेष सेमिनार प्रदान गर्ने जानकारी दिए । उनले एक्स्पोको पहिलो दिन फागुन २८ गते बिहान ८ बजे भव्य प्रभातफेरि गरी कार्यक्रमको औपचारिक सुरुवात गरिने बताए ।

त्यसो त एपोनले एक्स्पोको पहिलो कार्यक्रम अन्तर्गत गत माघ २ र ३ गते १६ वटा स्वदेशी औषधी उद्योगको सहभागितामा फुटसल प्रतियोगिता गरेको छ ।

खेलकुदलाई निरन्तरता दिँदै आगामी फागुन ८ र ९ गते पुन ८ वटा उद्योगहरूको सहभागितामा ’क्रिकसल’ प्रतियोगिता आयोजना आयोजना गरिने जानकारी दिइएको छ ।

खेलकुद मात्रै होईन एपोनले शैक्षिक र व्यावसायिक विकासका लागि फागुन ४ र ५ गते नै १०० जना म्यानेजरहरू र बजारमा कार्यरत १०० जना औषधि बजार प्रतिनिधिहरूका लागि विशेष तालिम तथा सेमिनार सञ्चालन गर्ने बताएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *