स्वास्थ्यका दुई अधिकृत एघारौँ तहमा बढुवा

448
Shares

काठमाडौँ, २६ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बढुवा समितिले स्वास्थ्य समूहका दुई जना अधिकृतलाई एघारौँ तहमा बढुवा गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको समितिको बैठकले नेपाल स्वास्थ्य सेवा, पब्लिक हेल्थ एडमिनिस्ट्रेसन समूह अन्तर्गत एघारौँ तह, प्रमुख जनस्वास्थ्य प्रशासक पदमा डा गुणनिधि शर्मालाई बढुवाको सिफारिस गर्ने निर्णय गरेको छ ।

यस्तै नेपाल स्वास्थ्य सेवा, रेडियोलोजी समूह, रेडियोडाईग्नोसिस उपसमूह अन्तर्गत प्रमुख कन्सलटेन्ट एघारौँ तहमा डा सूर्यप्रसाद सापकोटालाई बढुवाको लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

समितिले कार्यक्षमता मूल्यांकनद्धारा हुने बढुवाका लागि सिफारिस गर्ने निर्णय भएको जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *