चालु आवको पहिलो त्रैमासिक भित्र

विभागद्धारा १२ वटा उद्योगलाई डब्लुएचओ जीएमपी, सात वटालाई नेशनल जीएमपी

148
Shares

काठमाडौँ, २३ माघ । औषधीको गुणस्तर एकीन गुणस्तर एकीन गर्नका लागि विश्व स्वास्थ्य संगठनको मापदण्ड कुशल औषधी उत्पादन अभ्यास (डब्लुएचओ जीएमपी) विश्वासिलो मानक बनेको छ ।

यस्तै औषधी उत्पादन तथा विक्रि बितरणको लागि सरकारले नेशनल जीएमपीको मापदण्ड पनि बनाएको छ ।

औषधी व्यवस्था विभागले सोही मानकलाई कार्यान्वयन गर्न अहिले औषधी उत्पादन गर्ने स्वदेशी उद्योग तथा औषधी आयात गर्ने विदेशी उद्योगलाई जीएमपी अनिवार्य गरेको छ ।

विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधीको गुणस्तरमा कमि नहोस भन्नका लागि जीएमपी अनिवार्य गरिएको बताए । ‘हामीकहाँ एउटा नेशनल जीएमपीको प्रोटोकल छ । अर्को डब्लुएचओ जीएमपीको प्रोटोकल छ । तर दुबै उस्तै उस्तै हो । देशमा औषधी उत्पादन गर्ने कम्पनीले कम्तिमा नेशनल जीएमपीको प्रोटोकल पुरा गरेको हुनुपर्छ । औषधी आयात तथा निर्यात गर्नका लागि भने डब्लुएचओ जीएमपी अनिवार्य हुन्छ,’ उनले भने ।

यसैबीच औषधी व्यवस्था विभागले चालु आर्थिक वर्षको प्रथम त्रैमासिक (साउन देखि कात्तिक सम्म) को अवधीमा १२ वटा स्वदेशी उद्योगलाई डब्लुएचओ जीएमपी प्रमाणिकरण गरेको छ । ती उद्योगहरुलाई दुई वर्ष अवधीका लागि डब्लुएचओ जीएमपी प्रमाणिकरण गरिएको हो ।

सोही अवधीमा ७ वटा उद्योगले नेशनल जीएमपी प्रमाणिकरणको प्रमाणपत्र पाएको छ । ती उद्योगहरुलाई तीन वर्ष अवधीका लागि नेशनल जीएमपी प्रमाणिकरण गरिएको छ ।

त्यसो त गत आवको अन्त्यसम्ममा ७० बढी कम्पनीहरु नेशनल तथा डब्लुएचओ जीएमपी प्राप्त गर्न सफल भएका थिए । त्यसमा केही संख्याहरु जीएमपीको अवधी सकिएर नविकरण नभएका वा केही डिलिस्टिङ समेत भएको बताइएको छ ।

यी हुन् चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा डब्लुएचओ जीएमपी प्रमाणीकरण भएका उद्योगहरु:
१. नेशनल हेल्थकेयर प्रालि (युनिट ५) बारा
२. एशियन फर्मास्युटिकल्स प्रालि रुपन्देही
३. देउराली जनता फर्मास्युटिकल्स प्रालि काठमाडौँ
४. एभरेष्ट प्यारेन्टल्स प्रालि बारा
५. क्युमेड फर्मुलेसन प्रालि भक्तपुर
६. रोयल सासा नेपाल फर्मास्युटिकल्स प्रालि चितवन
७. सिम्का ल्याबरोटोरिज प्रालि भक्तपुर
८. क्युरेक्स फर्मास्युटिकल्स प्रालि
९. टाइम फर्मास्युटिकल्स प्रालि चितवन
१०. डिभाइन हेल्थ केयर प्रालि चितवन
११. अलाइभ फर्मास्युटिकल्स प्रालि मोरङ
१२ आर्या फर्माल्याव प्रालि बारा

यी हुन् चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा नेशनल जीएमपी प्रमाणीकरण भएका उद्योगहरु:
१. नेशनल हेल्थकेयर प्रालि (युनिट ५) बारा
२. एशियन फर्मास्युटिकल्स प्रालि (युनिट १) रुपन्देही
३.देउराली जनता फर्मास्युटिकल्स प्रालि काठमाडौँ
४. आदी रेमेडिज प्रालि ललितपुर
५ क्युमेड फर्मुलेसन प्रालि भक्तपुर
६. हेस्टेर बायोसाइन्स प्रालि काभ्रे
७. रोयल सासा नेपाल फर्मास्युटिकल्स प्रालि चितवन

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *