यस वर्षको एचपीभी खोप कार्यक्रम २५ माघ देखि सुरु हुँदै

20
Shares

काठमाडौँ, २१ माघ । सरकारले यसवर्ष पाठेघरको मुखको क्यान्सर विरुद्ध प्रभावकारी मानिने एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) खोप कार्यक्रम आगामी २५ माघ देखि सुरु हुने बताएको छ ।

राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत माघ २५ गतेदेखि फागुन १५ गतेसम्म यो खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले जनाएको छ।

कार्यक्रमअनुसार कक्षा ६ मा अध्ययनरत सबै छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्ष उमेरका किशोरीहरूलाई एचपीभी खोप दिइनेछ ।

यस्तै, गत वर्षको एचपिभी खोप अभियानमा छुटेका कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका ११ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पनि यो खोप दिइने व्यवस्था गरिएको छ।

खोप स्थानीय पालिकाअनुसार फरकफरक हुने भएकाले नजिकैको विद्यालय वा स्वास्थ्य संस्थामा बुझेर खोप लगाउन केन्द्रको आग्रह छ ।

एचपिभी खोप सुरक्षित, प्रभावकारी र निःशुल्क भएकाले ढुक्कसँग लगाउन केन्द्रले आग्रह गरेको छ ।

गतवर्षको अभियानमा करीव १७ लाख किशोरीहरुलाई यो खोप दिईएको थियो ।

यसपटक भने खोप लगाउने उमेर समूहका किशोरीहरु ३ लाख ५० हजार मात्रै रहेको स्वास्थ्य सेवा विभाग बाल तथा खोप शाखाले जनाएको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *