नेपाल स्वास्थ्य व्यवसायी परिषद्को निर्वाचन स्थगित

काठमाडौं, १८ पुस । नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले माघ १८ गते तय गरेको निर्वाचन कार्यक्रम स्थगित गरेको छ। चार सदस्य पदका लागि हुन लागेको निर्वाचन परिषद्ले विशेष कारण देखाउँदै अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको जनाएको छ।
यसअघि राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ, नेपाल स्वास्थ्यकर्मी संघ, स्वास्थ्य कर्मचारी युनियन लगायत विभिन्न संघले परिषद्को निर्वाचन कार्यतालिकाप्रति आपत्ति जनाउँदै स्थगित गर्न माग गरेको थियो।
खासगरी तृतीय तहमा दर्ता भएका स्वास्थ्यकर्मीहरुलाई उम्मेदवार हुनबाट बञ्चित गराइएको भन्दै उनीहरुले आपत्ति जनाएका थिए ।
परिषद्ले जनस्वास्थ्य, चिकित्सा, निदान तथा पुनस्थापना र विविधि विषय समूहबाट एक एक जनाको प्रतिनिधित्व हुने गरी चार सदस्य पदका लागि निर्वाचन गर्न लागेको हो।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



