अस्पताल सुधारको माग गर्दै १५ दिनदेखि अनशन

bikash-tiwari

सप्तरी, २२ मंसिर –  राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको सुधारको माग गर्दै विगत १५ दिनदेखि नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी)का अध्यक्ष विकास तिवारीले आमरण अनशनमा बसेका छन् ।

उनको समर्थनमा मङ्गलबार राजविराजमा विद्यार्थीले ऐक्यबद्धता जनाउँदै प्रदर्शन ¥यालीसमेत गरेका थिए । सदरमुकाम राजविराजमा रहेका विभिन्न विद्यालय र कलेजका विद्यार्थीले तिवारीको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै उहाँका माग अविलम्ब सम्बोधन गर्नका लागि दबाब दिने उद्देश्यले प्रदर्शन गरेका थिए ।

राजविराजस्थित महावीर चौकबाट निकालिएको ऐक्यबद्धता ¥याली नगरका विभिन्न भागमा परिक्रमापश्चात् अञ्चल अस्पतालमा आमरण अनशनमा बसेका नेपाल सद्भावना पार्टी ९गजेन्द्रवादी०का अध्यक्ष तिवारीको अनसनस्थल पुगेर ऐक्यबद्धता ¥याली समापन भएको सहभागी मुकेश यादवले बताए ।

अस्पतालको भौतिक सुधारसहित अस्पताल बालमैत्री बनाउनुपर्ने, अस्पतालमा भर्ना हुने रोगीलाई स्वस्थ, पेटभरि पोषिलो खाना उपलब्ध हुनुपर्ने, अस्पतालमा स्वच्छ पिउने पानीको व्यवस्था हुनुपर्ने, अस्पताल मूलगेट निर्माण हुनुपर्ने, अस्पतालमा नाक, कान, घाँटी, छाला रोग, हाडजोर्नी, मुटु रोग, रेडियोलोजिस्ट लगायतका चिकित्सक प्राविधिक उपलब्ध हुनुपर्ने, अस्पतालमा प्रसूति गृहलगायत निर्माणाधीन भवनको निर्माण कार्य अविलम्ब पूरा हुनुपर्ने र अस्पतालमा सरकारले उपलब्ध गराउने औषधि सूची अस्पताल परिसरमा राखिनुपर्ने माग राखिएको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७२/७३ मा अस्पताललाई प्राप्त भएको बजेट र सोको खर्च विवरण सार्वजनिक गर्नुपर्ने, अस्पतालमा भएको अनियमितता र भ्रष्टाचारको तत्काल छानबिन हुनुपर्ने, सुत्केरी र २८ दिन सम्मको शिशुको निःशुल्क उपचार हुनुपर्ने लगायतको माग लिएर तिवारी विगत १४ दिनदेखि आमरणलाई निरन्तरता दिएका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *