क्यान्सरपीडित चौधरीबाट सहयोगको लागि आग्रह

60
Shares

cancer

काठमाडौँ, २१ मंसिर- क्यान्सर रोगले पीडित पथरैया, कैलालीका ३२ वर्षीय नारायण चौधरीले आर्थिक सहयोगका लागि आग्रह गरेका छन् ।

आफू सुकुम्वासी परिवारको भएको र उपचारका लागि रकमको अभाव भएकाले मानवीय रुपमा आर्थिक सहयोगका लागि सबैसँग चौधरीले आग्रह गरेका हुन् ।

विगत एक वर्षदेखि क्यान्सरको उपचारको क्रममा धेरै ऋण लागेको उनले बताए ।

सहयोग गर्न चाहनेले नारायण चौधरीको एभरेस्ट बैङ्कको खाता नम्बर ०२३००५०१२०१२२६ र हिमालयन बैङ्कको खाता नम्बर ००६०२३५५४५००१५ मा रकम जम्मा गर्न सक्नेछन् ।

सुरुमा भारतको लखनउमा उपचार गराएका चौधरीले हाल भक्तपुरस्थित क्यान्सर अस्पतालमा उपचार गराइरहेका छन् ।

उनले भने– ‘भारतमा गरेको शल्यक्रिया असफल भएपछि अहिले फेरि नेपालमा शल्यक्रिया गराएको छु, पैसा नहुँदा उपचारमा निकै समस्या परिरहेको छ ।

स्नातकोत्तरसम्मको अध्ययन गरेका चौधरीले राजधानीका कलेजमा अध्यापन गराउँदै आएका छन् । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *