गर्भवती महिला बोकेको एम्बुलेन्स दुर्घटना

0
Shares

ambulance2
दोलखा, २० मंसिर –  सुत्केरी व्यथा लागेकी गर्भवती बोकेर सदरमुकाम आउँदै गरेको एम्बुलेन्स गएराति दुर्घटना हुँदा तीनजना घाइते भएका छन् ।

जिल्लाको उत्तरी लादुक गाविस–५ की गर्भवती महिला नीता ठकुरीलाई बोकेर जिल्ला अस्पताल आउँदै गरेको बा २ ख १५८६ नम्बरको एम्बुलेन्स दोलखा सिगँटी सडकको सुनखानी गाविस–४ स्थित सित्का नजिक दुर्घटना हुँदा नीता, श्रीमान् दिपेश र जेठानी सीता घाइते भएको जिल्ला प्रहरी कार्यालय चरिकोटले जनाएको छ ।

दुर्घटनालगत्तै उद्धार गरेर सदरमुकाम ल्याइएकी नीताको राति नै सुत्केरी गराइसकिएको र आमा र शिशुको अवस्था सामान्य रहेको चरिकोट अस्पतालका डा. विनोद दङ्गालले जानकारी दिए ।

घाइते दिपेश र सीताको अवस्था सामान्य रहेको बताइएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *