रगतको सहज उपलब्धताका लागि ब्लोदानद्धारा बिचार गोष्ठीको आयोजना

68
Shares

काठमाडौँ, ८ मंसिर । काठमाडौँ उपत्यकामा २४ वटा रक्त सञ्चार केन्द्र (व्लड बैंक) रहेका छन् । तर अहिले पनि अस्पतालमा उपचाररत बिरामीका लागि रगतको खोजीमा तिनका आफन्त ‘ब्लड क्यारियर बक्स’ बोकेर यदाकदा भौतारिरहेका देखिन्छन् ।
व्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान)ले यहि समस्या समाधानका लागि भन्दै शुक्रबार मुख्य सरोकारवाला पक्षलाई भेला गरेर उपायको खोजी गर्ने प्रयास गरेको छ ।

ब्लोदानको आयोजनामा भएको  ‘नेपालमा रक्तसञ्चार सेवा’ विचार गोष्ठीमा उपत्यकाका सबै २४ वटा रक्त सञ्चार केन्द्रका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति थियो । त्यसबाहेक केन्द्रीय रक्तसञ्चार व्युरो, केन्द्रीय रक्त सञ्चार सेवा केन्द्रका र त्यससंग सरोकार राख्ने प्रतिनिधिको पनि उपस्थिति थियो ।

कार्यक्रममा ब्लोदानका अध्यक्ष राजेश श्रेष्ठले बिरामीका लागि सहज रुपमा उपलव्ध हुनुपर्ने रगतको अभाव किन भईरहेको छ ? कहाँ निर हिट गर्नु पर्छ भन्ने विषयमा प्रस्तुति दिएका थिए । उनले सबै सरोकारवालाहरुबीच छलफल चलाउँदा समस्याको समाधानको उपाय सहज रुपमा निस्कने समेत बताए ।

त्यसअघि ब्लोदान उपाध्यक्ष उद्धव केसीले कार्यक्रमको उद्धेश्य र नेपालमा रक्तदानको अवस्था र उपलव्धताबारेमा बताएका थिए ।

कार्यक्रममा केन्द्रीय रक्तसञ्चार व्युरोका डा रेखा मानन्धर, नेपाल रेडक्रसको केन्द्रीय रक्तसंचार सेवा केन्द्र व्लड बैकका प्रमुख पवन गुप्ता, स्टार अस्पतालका रक्त सञ्चार केन्द्र प्रमुख डा मनिता राजकर्णिकार लगायतले रक्तसञ्चार सेवा र रगतको सहज उपलव्धताको अवस्था र उपायबारेमा प्रस्तुति दिएका थिए ।

कार्यक्रममा ब्लोदानका निवर्तमान अध्यक्ष सानुबाबु प्रजापति, सदस्य सूवर्णराज लम्साल, जन खड्का, परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका रक्तसञ्चार प्रमुख परशुराम दाहाल लगायतले आफ्ना धारणा राखेका थिए ।

कार्यक्रमको सञ्चालन ब्लोदान महासचिव मचाकाजी महर्जनले गरेका थिए भने सहजीकरण विष्णुराज श्रेष्ठले गरेका थिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *