एक सातामा भेटिए १६० जना डेंगी संक्रमित, सबैभन्दा धेरै बागमतीमा

52
Shares

काठमाडौँ, ७ मंसिर । पछिल्लो एक सातामा देशभर १ सय ६० जनामा डेंगी संक्रमण पुष्टी भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसिडी)का अनुसार पछिल्लो एक साताको अवधिमा डोल्पा बाहेक ७६ जिल्लामा १ सय ६० जनामा डेंगी संक्रमण पुष्टी भएको हो ।

यो सँगै नेपालमा गत पुस यता डेंगी सङ्क्रमितको सङ्ख्या ७ हजार ८ सय २ पुगेको छ ।जसमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा २ हजार ८ जनामा डेंगी पुष्टि भएको छ ।

त्यसैगरी, गण्डकीमा १ हजार ९ सय ७७ , लुम्बिनीमा १ हजार २ सय ९३, कोशीमा ९ सय ९७ , सुदूरपश्चिममा ८ सय ३९, कर्णालीमा ५ सय २३ र मधेशमा १ सय ६५ जनामा डेंगी पुष्टि भएको छ ।

पछिल्लो चौबिस घण्टामा १५ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको छ । हालसम्म ६ जना सङ्क्रमितको मृत्यु डिसिडीले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *