नेपाल स्वास्थ्य व्यवसायी परिषद्को चार सदस्य छनौटका लागि १५ माघमा निर्वाचन हुँदै

64
Shares

काठमाडौँ, ४ मंसिर । जेनजी आन्दोलनले नयाँ परिस्थिति निर्माण भएपछि रोकिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को निर्वाचन प्रक्रिया पुन: अघि बढेको छ । परिषद्ले बुधबार नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै आगामी १५ मागका दिन निर्वाचन गर्ने जनाएको छ ।

निर्वाचन समितिका सदस्य सचिव समेत रहेका परिषद्का रजिष्ट्रार लिलानाथ भण्डारीका अनुसार चार सदस्य पदका लागि जनस्वास्थ्य, चिकित्सा, निदान तथा पुनःस्थापना र विविध विषय समूहबाट एक–एक प्रतिनिधि चयन गर्न मतदान गर्न लागिएको हो ।

परिषद्का अनुसार अहिलेसम्म सबै समूहका गरि १ लाख ७० हजार बढी सदस्य रहेका छन् । तिनीहरुले आफ्नो समूहका सदस्यहरुलाई भोट हाल्नु पर्नेछ ।

२१ वर्ष पछि निर्वाचन हुँदै

नेपाल स्वास्थ्य व्यवसायी परिषदमा चार जना सदस्य निर्वाचनबाट आउने प्रावधान छ । तर २०६१ साल देखि सो प्रचलन हट्यो । हटेको मात्रै होईन निर्वाचनबाट आउने ती चार सदस्य पद विभागीय मन्त्रीका लागि नियुक्ती बाढ्ने पद बन्यो ।

तर १७ कात्तिक २०८० मा स्याङ्जाका एक स्वास्थ्य व्यवसायीले उच्च अदालत पाटनमा रिट दायर गर्दै चुनावको माग गरेपछि अदालतले २ फागुन २०८० मा उनको पक्षमा फैसला सुनाई दियो र नियुक्ती खाएका तत्कालीन चार सदस्य बाहिरिनु परेको थियो । परिषद्ले त्यस यताको झण्डै दुई वर्ष पछि चुनाव गर्दै छ ।

यसअघि परिषद्को २२ कात्तिकका लागि निर्वाचन तोकिएको थियो । गत २३ र २४ भदौको जेनजी आन्दोलन तोकिएको चुनाव अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

‘अब बातावरण सहज हुँदै गयो, त्यसैले पुन: नयाँ तालिका सार्वजनिक गरेका हौँ,’ रजिष्ट्रार भण्डारीले भने ।

यस्तो छ परिषद्ले सार्वजनिक गरेको संशोधित निर्वाचन कार्यतालिका

  • मतदाता नामावली अध्यावधिक – २०८२ मंसिर मसान्तसम्म
  • मतदाता नामावली प्रकाशन- २०८२ पौष ७ गतेसम्म
  • मतदाता नामावलीमा दाबी–विरोध – २०८२ पौष १३ गते बिहान १० देखि ४ बजेसम्म
  • अन्तिम मतदाता नामावली प्रकाशन- २०८२ पौष १८ गते अपरान्ह ३ बजे
  • उम्मेदवारी दर्ता – २०८२ पौष २० गते बिहान १० देखि ४ बजेसम्म
  • उम्मेदवार नामावली प्रकाशन – २०८२ पौष २२ गते अपरान्ह ४ बजे
  • उम्मेदवारविरुद्ध दाबी–विरोध- २०८२ पौष २४ गते बिहान १० देखि ४ बजे
  • मनोनयन फिर्ता -२०८२ पौष २८ र २९ गते बिहान १० देखि ४ बजे
  • अन्तिम नामावली प्रकाशन- २०८२ पौष ३० गते अपरान्ह ४ बजे
  • मतदान – २०८२ माघ १५ गते आइतबार, बिहान १० देखि ४ बजे
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *