डा. केसीको मागलाई दवाव दिन भन्दै आकस्मिक बाहेकका सेवा नदिने सरकारी चिकित्सक संघको निर्णय

0
Shares

dr-govinda-kc

काठमाडौँ, १६ मंसिर – डा . गोविन्द केसीको माग तत्काल पुरागर्न दवाव दिन सरकारी चिकित्सक संघले भोलीबाट अस्पतालमा आकस्मिक कक्षमा बाहेक अन्यत्र काम नगर्ने जनाएको छ ।

संघका महासचिव डा विष्णुरथ गिरीले १७ र १८ गते देशभरका सरकारी चिकित्सकले आकस्मिक बाहेकका सेवा बहिस्कार गर्न निर्देशन दिएको जनाए । उक्त दिन अस्पताल आउने बिरामीका लागि प्रांगणमा ओपिडी सञ्चालन गर्न निर्देशन दिएको जानकारी दिए ।

१९ दिन देखि आमरण अनसनमा बसेका डा गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर हुँदा समेत माग पुरा गर्न सरकारले पहल नगरेको भन्दै गोडानले आन्दोलनका कार्यक्रम अघि सारेको स्पष्ट पारेको छ ।

डा केसीको स्वास्थ्य अवस्थामा गम्भीर भएका कारण निर्णय लिइएको बताइए पनि गोडानको यो निर्णयको प्रत्यक्ष मार भने आम सर्वसाधारणलाई पर्ने निश्चित छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *