मोरङमा १३८ नयाँ कुष्ठरोगी भेटिए

0
Shares

kusta

मोरङ, १४ मंसिर – मोरङमा १३८ नयाँ कुष्ठरोगी फेला परेका छन् । गएको चार महिनामा मोरङमा १३८ जना नयाँ कुष्ठरोगी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयका मोरङका अधिकृत मुलुकचन्द राजवंशीले जानकारी दिए ।

गत वर्ष मोरङमा २०२ जना नयाँ कुष्ठरोगी फेलापरेका थिए । प्रति दशहजारमा एकभन्दा कम कुष्ठरोगीको सङ्ख्या कायम गर्ने लक्ष्यका साथ सरकारले काम गरेपनि मोरङमा भने कुष्ठरोगीको सङ्ख्या धेरै पाइएको छ । मोरङमा प्रति दशहजारमा १ दशमलव ४ प्रतिशत कुष्ठरोगी रहेको जनस्वास्थ्यले जनाएको छ ।

मोरङको बुधनगर, आमगाछी, बरडङ्गा, उर्लाबारी, बयरवन, महादेवा, रङ्गेलीलगायतका स्थानमा बढी मात्रामा कुष्ठरोगीको सङ्ख्या रहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । मोरङमा कुष्ठरोगका कारण अङ्गभङ्ग हुने दर भने घटेको बताइएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *