कटारी अस्पतालमा बहिरङ्ग सेवा निःशुल्क

44
Shares

काठमाडौँ, २ असोज । कोशी प्रादेशिक अस्पताल कटारीले आजदेखि बहिरङ्ग (ओपीडी) सेवा निःशुल्क दिने भएको छ ।

कटारी नगरपालिकाले सेवाबापतको रकम सोधभर्ना गरिदिने भएपछि अस्पतालले सेवा निःशुल्क दिन लागेको हो ।

अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्टेन्ड डा गौरव साहले बुधबार सूचना जारी गर्दै अस्पतालले निःशुल्क सेवा दिन लागेको जानकारी दिएका हुन् ।

‘ओपीडीमा आउने सेवाग्राहीले पैसा तिर्नुपर्दैन, सेवाग्राहीले तिनुपर्ने रकमको सोधभर्ना कटारी नगरपालिकाले दिने भएको छ’, सूचनामा उल्लेख छ ।

योसँगै अस्पतालमा सेवा लिन बर्सेनि आउने करिब ३५ हजार सेवाग्राहीले बहिरङ्ग सेवा निःशुल्क पाउने भएका छन् । ‘यसमा २० प्रतिशत जति बीमित पनि पर्छन्’, प्रमुख साहले भने । नगरप्रमुख राजेशचन्द्र श्रेष्ठको प्रस्तावमा समितिले नगरपालिकाले सोधभर्ना गर्नेगरी सेवा निःशुल्क गरेको हो ।

चालु आर्थिक वर्षदेखि कटारी अस्पताल केन्द्र सरकारको निर्णयमा प्रादेशिक अस्पताल बनेको हो । प्रादेशिक अस्पताल बन्नुअघि यो नगरकै जिम्मामा थियो ।

प्रादेशिक तहमा स्तरोन्नति भएसँगै अब विभिन्न विशेषज्ञ उपचार सेवा समेत दिने तयारीमा अस्पताल रहेको छ । अस्पतालले बहिरङ्ग सेवाका लागि प्रतिबिरामी २० रुपैयाँ लिँदै आएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *