चिकित्सकविहीन आयुर्वेदालय

0
Shares

aurbed

झापा, १२ मंसिर –  यहाँका क्षेत्रीयस्तरका आयुर्वेद केन्द्र चिकित्सकविहीन छन् ।

जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालय अन्तर्गत सात क्षेत्रीयस्तरका उपचार केन्द्र सञ्चालनमा छन् । सरुवा भई अन्यत्र जाँदा र कतिपयमा दरबन्दी रिक्त भएका कारण ती केन्द्र चिकित्सकविहीन भएका हुन् । बाहुनडाँगी, बुधबारे, दुधे, बैगुनधुरा, शनिश्चरे, चकचकी र शरणामती गाविसमा आयुर्वेद स्वास्थ्य केन्द्र छन् । तीमध्ये पछिल्ला तीनमा छ महिनादेखि प्रमुख चिकित्सक ९कविराज० नै छैनन् ।

शनिश्चरेका युवा समाजसेवी चतुर्भुज काफ्लेले शनिश्चरे स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा केन्द्र नै सुनसान बन्न पुगेको बताए। उनले नियमित रुपमा केन्द्रबाट औषधोपचार गराइरहेका र निरास बन्दै फर्किने गरेका कतिपय निजी आयुर्वेद क्लिनिकतिर धाउन बाध्य भएको बताए ।

दरबन्दी बमोजिम आयुर्वेद कविराज र वैद्यलाई गाउँका केन्द्रमा छिटो पठाउने व्यवस्था मिलाउन स्थानीयवासीको माग छ । जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालयका प्रमुख सकलदेव चौधरीले शाखामा चिकित्सकको अभाव रहेको स्विकार्दै एक हप्ताभित्र सबै शाखामा चिकित्सक उपलब्ध हुने आश्वासन दिए ।

उनले शरणामती र चकचकीमा दरबन्दी नै रिक्त भएकाले हालसम्म जिल्ला कार्यालयले नै सेवा प्रवाह गरिरहेको र बाँकी शाखामा सरुवा भएर कर्मचारी गएका कारण समस्या आएको राससलाई जानकारी दिए। रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *