जापानिज इन्सेफ्लाइटिसबाट डेढ महिनामा ३ जनाको मृत्यु, ९ जनामा डेंगी पुष्टि

0
Shares

काठमाडौँ, २३ भदौ । जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट बर्दघाट सुस्तापश्चिम नवलपरासीमा तीन जनाको मृत्यु भएको छ ।

उपचारका क्रममा बर्दघाट नगरपालिका– १२ का ७४ वर्षीय पुरुष, सरावल गाउँपालिका– १ का ६२ वर्षीय पुरुष र प्रतापपुर गाउँपालिका– १ का ५० वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका निमित्त प्रमुख भेषराज शर्माले जानकारी दिए ।

उनका अनुसार विगत डेढ महिनाको अवधिमा उनीहरूको मृत्यु भएको हो ।

सङ्क्रमण विरुद्धको खोप नलगाएका तीन जना वृद्धको जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु भएको हो ।

लामखुट्टेको टोकाइबाट जिल्लामा नौ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भइसकेको शर्माले जानकारी दिए । सरसफाइ नहुँदा तीव्र गतिमा सङ्क्रमण फैलिने गरेको छ ।

जापानिज इन्सेफ्लाइटिस र डेङ्गीको जोखिमलाई मध्यनजर गर्दै स्थानीय तहदेखि नै लामखुट्टे नियन्त्रण तथा डेङ्गी रोकथामका लागि जनचेतना फैलाउने काम भइरहेको छ ।

जापानिज इन्सेफ्लाइटिस तथा डेङ्गी रोग लागेका हाँस, कुखुरा जस्ता चराचुरुङ्गी र सुँगर–बङ्गुरजस्ता सङ्क्रमित जनावरलाई लामखुट्टेले टोकेर मानिसलाई टोकेमा सर्ने गर्दछ ।

एडिस एजिप्ट प्रजातिको लामखुट्टेले सङ्क्रमित व्यक्तिबाट स्वस्थ मानिसमा सङ्क्रमण फैलिने निमित्त प्रमुख शर्माले बताए ।

डाक्टर नुरुलहोदाले डेङ्गीका सामान्य लक्षण उच्च ज्वरो, टाउको दुखाइ, आँखा भन्दा पछाडि दुख्ने, स्नायु र मांसपेशी दुख्ने खाना नखाने जस्ता लक्षण देखिन्छ । समयमा उपचार नपाएपछि सङ्क्रमितको मृत्यु हुनसक्छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *