पछिल्लो चौबिस घण्टामा ३६ जनामा हैजा संक्रमण पुष्टि

0
Shares

काठमाडौँ, २२ भदौ । पछिल्लो चौबिस घण्टामा हैजाका ३६ जनामा हैजा संक्रमण पुष्टि ।भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसिडी) का अनुसार वीरगञ्ज, वारा र पर्सासहितका मधेस प्रदेशका जिल्लामा सो सङ्क्रमित पुष्टि भएका हुन् ।

यससँगै हाल ८३ जना सक्रिय सङ्क्रमित रहेका छन् । भने कुल संक्रमितको संख्या १ हजार १ सय १७ पुगेको छ । त्यसमध्ये निको हुनेको संख्या १ हजार ३४ रहेको छ ।

सक्रिय सङ्क्रमितमध्ये नारायणी अस्पतालमा ४६ जना उपचाररत रहेकामा पछिल्लो चौबिस घण्टामा मात्रै २२ जना नयाँ सङ्क्रमित भर्ना भएका छन् ।

त्यसैगरी, वीरगन्ज हेल्थकेयर अस्पतालमा १० उपचाररत रहेका छन् भने ३ जना नायाँ संक्रमित भर्ना भएका छन् । तराई अस्पतालमा ४ जना उपचाररत र ५ जना नायाँ थपिएका छन् ।

त्यस्तै, एडभान्स अस्पतालमा ३ जना, नेसनल मेडिकल कलेजमा ५ जना र अन्य स्वास्थ्य संस्थाहरूमा पनि नयाँ बिरामीहरू भर्ना भएको इडीसिडीले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *