डा. ठाकुरको अध्यक्षता गठन भयो मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पताल विकास समिति कर्मचारी युनियन नयाँ कार्यसमिति

192
Shares

जनकपुर, २० भदौ । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रादेशिक अस्पताल विकास समिति कर्मचारी युनियनमा डा. अनिलकुमार ठाकुरको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ ।

बुधबार सम्पन्न युनियनको साधारणसभाले उपाध्यक्षमा डा. राजेशकुमार शाह, सचिवमा अजितकुमार तिवारी, सहसचिवमा पवनकुमार महतो र कोषाध्यक्षमा श्रीमती किरण यादवलाई चयन गरेको छ । यस्तै सदस्यहरुमा डा. रमेश यादव, डा. कुन्दन मिश्रा, रुबी साह, विभा कर्ण, पुनम ठाकुर चयन भएका छन् । यस्तै कौशिल्या तिमिसिना, विना साह, अशोककुमार यादव, श्रीचन मण्डल र बंकर मेस्तर पनि सदस्य पदमा चयन भएका छन् ।

साधारण सभाले पूर्व अध्यक्ष डा. रबिन्द्रकुमार सिंह र कानूनी सल्लाहकार एमके झालाई कानूनी सल्लाहकार समितिमा राखेको छ ।

युनियनमा यसअघि अध्यक्ष अजितकुमार तिवारी थिए ।

साधारणसभाले संस्थाको विधान अनुसार निजामती कर्मचारी बाहेक प्रतिष्ठान अन्तर्गत कार्यरत सम्पूर्ण कर्मचारीलाई पछि अनुमोदन गर्ने गरी सदस्यता वितरण गर्ने निर्णय गरेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *