डा. गोविन्द केसी समर्थकको त्रिवि उपकुलपति कार्यालयमा धर्ना

0
Shares

dharna

काठमाडौँ, ८ मंसिर – एघार दिन देखि अनसनरत प्राडा गोविन्द केसीको माग पुरा गर्न दवाव दिन राष्ट्रिय चिकित्सा शिक्षा सुधार अभियान नाममा नाममा संगठित समूहले आज  त्रिवि उपकुलपति कार्यालयमा धर्ना दिएको छ । धर्नामा विवेकशील नेपाली पार्टीको कार्यकर्ताको समेत समर्थन रहेको थियो ।

परिषरमा डा केसीको पक्ष र उपकुलपति प्राडा तीर्थ खनियाको विपक्षमा केही बेर नाराबाजी गरेपछि धर्ना सकिएको थियो । अलायन्सले सो अवसरमा उपकुलपतिलाई ज्ञापन पत्र बुझाउने तयारी गरेपनि उपकुलपति नभएपछि ज्ञापनपत्र दर्ता गराएर फर्केको छ ।

यता त्रिवि शिक्षण अस्पतालमा ११ दिन देखि आमरण अनसन बसेका डा केसीको स्वास्थ्य अवस्था भने कमजोर हुँदै गएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *