स्वास्थ्यमन्त्रीको पहिलो तलब कोषलाई

0
Shares

gagan-thapa1

काठमाडौँ, ७ मंसिर –  स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफ्नो पहिलो महिनाको तलब कान्ति अस्पतालमा रहेको आंकोलोजी(बाल अर्बुद उपचार विभाग) कोषलाई दिएका छन् ।

मन्त्री भएपछि अस्पतालको निरीक्षण गर्ने क्रममा सबैभन्दा पहिला कान्ति अस्पताल पुग्नुभएका थापाले त्यहाँ उपचाररत बालबालिकाको उपचारका लागि कोषलाई सहयोग गर्ने भनी त्यति बेला नै घोषणा गरेका थिए । सोही अनुरुप उनले सोमबार रकम हस्तान्तरण गरेको मन्त्री थापाको निजी सचिवालयले जनाएको छ ।

उनले अस्पतालमा उपचार गर्न आउने विपन्नलाई सहयोग गर्नका लागि सम्भ्रान्त एवं सम्पन्न वर्गलाई आह्वान गरेका थिए ।

अस्पतालमा अर्बुद रोगपीडित विपन्न परिवारका बालबालिकालाई सहयोगका लागि स्थापना भएको सो कोषलाई अर्थ अभावका कारण कुनै पनि नेपालीले गुणस्तरीय स्वास्थ्य सेवाबाट वञ्चित हुनुपर्ने नपर्ने भावनाका साथ सशक्त बनाउन निर्देशन दिएका थिए ।

सो निर्देशन अनुसार नै अहिलेसम्म कुनै पनि बालबालिका अर्थाभावका कारण उपचारबाट वञ्चित हुनु नपरेको अस्पतालका निर्देशक डा अजित रायमाझीले बताए ।

उनका अनुसार गत वर्ष पुराना पाँच सय ८४ र नयाँ ४५ जनाको उपचार गरिएको थियो । अंकोलोजी वार्डमा २६ श्यया छन् । सन् १९९७ मा बेलायतीले सुरु गरिदिएको कोषमा अहिले रु चार करोड छ ।

मन्त्री थापाको सहयोग र समर्थनले आफूहरुलाई हौसला बढेको बताउँदै उनले कोषमा रकम बढाउन अरुलाई पनि प्रेरणा मिल्ने विश्वास गरे । मन्त्री थापाले कान्ती अस्पतालको मात्र नभई अन्य अस्पतालमा स्थापना भएका कोषलाई पनि प्रभावकारी र मजबुत गराउन आग्रह गरेका छन् । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *