खानीडाँडामा सहरी स्वास्थ्य केन्द्र स्थापना

108
Shares

healthpost1

खोटाङ, ६ मंसिर –  दिक्तेल नगरपालिका–१४ स्थित खानीडाँडामा सहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । साधारण उपचारका लागि पनि अस्पताल धाउनुपर्ने स्थानीयवासीको समस्यालाई मध्यनजर गर्दै जिल्ला अस्पताल खोटाङले स्वास्थ्य केन्द्र स्थापना गरेको हो ।

नगरपालिका क्षेत्रभित्र अस्पतालको अपायक पर्ने वडामा स्वास्थ्य केन्द्र स्थापना गर्ने सरकारको उद्देश्यअनुरुप सहरी स्वास्थ्य केन्द्रको स्थापना गरिएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख डा रामबहादुर केसी बताए। स्वास्थ्य केन्द्र स्थापना गरिएसँगै खानीडाँडावासीले वर्षौंदेखि अस्पताल धाउनुपर्ने समस्या समाधान भएको छ ।

स्वास्थ्य केन्द्रमा खोप सेवा, परिवार नियोजन सेवा, सुरक्षित मातृत्व सेवा, झाडापखाला, निमोनिया, क्षयरोग, कुपोषण, मलेरियाको सामान्य उपचार हुने गर्दछ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *