बरिष्ठ कार्डियाक सर्जन रामेश कोइरालाले दिए राजिनामा, भने – ‘अब देश, पेशा, जीवन र भूमिकास् सब अब फरक’

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपकुलपति पदका प्रमुख दावेवार मानिएको थियो
1.3k
Shares
– डा. कोइरालाले आज विहान फेसबुकमा पोष्ट गरेको तस्विर

काठमाडौँ, २८ साउन । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीका कार्डियोभास्कुलर विभागका प्रमुख वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जन डा रामेश कोइरालाले पदबाट राजीनामा दिएका छन्। आफू अहिले विदेशमा रहेको भन्दै उनले सामाजिक सञ्जाल एक्सबाट राजीनामा पत्र सार्वजनिक गरेका छन् ।

उनले बुधबार एक्समा पोस्ट गर्दै आगामी असोज ३० गतेदेखि लागू हुने गरी राजीनामा दिएको उल्लेख गरेका हुन्।

उनले यस केन्द्रमा २५ वर्ष काम गरेका थिए।

‘हाल म विदेशमा भएकाले मिति १६ अक्टोबर २०२५ अघि केन्द्रमा उपस्थित हुन असमर्थ हुने भएकाले तदनुसार सोही मिति ३० असोज २०८२ देखि लागू हुने गरी मेरो राजीनामा स्वीकृत गरी सञ्चालक समितिलाई समेत अवगत गराइदिन हुन अनुरोध गर्दछु,’ उनले कार्यकारी निर्देशकलाई सम्बोधन गरी लेखेको राजीनामा पत्रमा उल्लेख छ।

उनले एक्समा राजीनामा पोस्ट गर्दै लेखेका छन्, ‘र, म तपाईंको खुच्चिङ रमाइरहेछु। एक्कासी सीप, देश, पेशा छाड्दा मन अमिलो त भो तर फरक कलेबरमा फर्किने सोच पनि ज्युँदै छ। र म सो बेला सायद सर्जन नहुँला। सरी१ कुनै दिन म रिक्सा चलाएरै पनि घर चलाउन सक्छु भन्दा पत्याउने मेरा घरकालाई सलाम।’

कोइराला मंगलबार बिहान अमेरिका पुगेका हुन् ।

उपकुलपति पदका प्रमुख दावेदार थिए डा. कोइराला

डा. कोइरालाले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त उपकुलपति पदका लागि आवेदन दिएका थिए । त्यसमध्ये उनी धरानका लागि अल्प सूचीमा समेत परेका थिए । तर राजनीतिक किचलोको कोपाजनमा उनी परे । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले डा कोइरालालाई धरानका लागि उपकुलपति बनाउन निकै जोडबल गरे पनि कांगेस सभापति देउवाको असहमतिका कारण सफल हुन सकेनन् ।

त्यसो त रामेशको पक्षमा कांग्रेस महामन्त्री गगन थापा पनि थिए । देउवालाई मनाउने थापाको प्रयास पनि सफल हुन सकेन । रामेशकै कारण दुई चार दिन अघि नै निर्णय हुने अवस्थामा पुगेको उपकुलपति नियुक्ती प्रक्रिया दुई चार दिन पछि सम्म रोकिएको थियो ।

तर अन्तिममा देउवाको दवाव पछि कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले प्राडा बिक्रमप्रसाद श्रेष्ठलाई उपकुलपतिमा नियुक्त गरे ।

आज विहान मात्रै प्राडा कोइरालालले सामाजिक सञ्जाल फेसबुकमा पारिवारिक तस्बिर सहित ‘देश, पेशा, जीवन र भूमिका: सब अब फरक’ भनेर लेखेका थिए । केही बेर पछि उनले राजिनामा पत्र सार्वजनिक गरेका हुन् ।

यस्तो छ उनको राजिनामा पत्र:

श्रीमान् कार्यकारी निर्देशक,
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र,
बाँसबारी, काठमाडौं,

विषय: राजिनामा दिएको बारे ।

महोदय, उपरोक्त संबन्धमा आज २८ साउन, २०८२ मा म यस केन्द्रको कार्डियोभास्कुलर विभागको विभागीय प्रमुखका साथै बरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जनका रूपमा कार्यरत रहेकामा हाल व्यक्तिगत कारणले सो पदहरूमा कार्य गर्न असमर्थ रहेकाले अनि विद्युतीय इमेल/हस्ताक्षर प्रमाणिकरण गर्न हाल म विदेशमा भएकाले मिति १६ अक्टोबर, २०२५ अघि केन्द्रमा उपस्थित हुन असमर्थ हुने भएकाले तदनुसार सोही मिति ३० असोज, २०८२देखि लागु हुनेगरी मेरो राजिनामा स्विकृत गरी संचालक समितिलाई समेत अवगत गराइदिन हुन अनुरोध गर्दछु ।

सो अवधिबिच मैले उपयोग गर्दै आएको कार्यकक्षमा मेरा व्यक्तिगत सामान तथा कागजातबाहेक केन्द्रका कुनै जरुरी वा गोप्य कागजात नरहेकाले हस्तान्तरणसम्म पर्खिदिन पनि अनुरोध छ।

म यस केन्द्रमा कार्यरत नरहे पनि केन्द्रको प्रगति एवं श्री गगन थापा, श्री प्रदीप पौडेल, तपाईं हाम्रो र हाम्रा सुभेच्छुकहरूको सपना बमोजिम संघीय सरकारले केन्द्रको कार्डियोभास्कुलर विभागको विभागीय प्रमुखका साथै बरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जनका रूपमा कार्यरत रहेकामा हाल व्यक्तिगत कारणले सो पदहरूमा कार्य गर्न असमर्थ रहेकाले अनि विद्युतीय इमेल/ हस्ताक्षर प्रमाणिकरण गर्न हाल म विदेशमा भएकाले मिति १६ अक्टोबर, २०२५अघि केन्द्रमा उपस्थित हुन असमर्थ हुने भएकाले तदनुसार सोही मिति ३० असोज, २०८२ देखि लागु हुनेगरी मेरो राजिनामा स्विकृत गरी संचालक समितिलाई समेत अवगत गराइदिन हुन अनुरोध गर्दछु ।

सो अवधिबिच मैले उपयोग गर्दै आएको कार्यकक्षमा मेरा व्यक्तिगत सामान तथा कागजातबाहेक केन्द्रका कुनै जरुरी वा गोप्य कागजात नरहेकाले हस्तान्तरणसम्म पर्खिदिन पनि अनुरोध छ ।

म यस केन्द्रमा कार्यरत नरहे पनि केन्द्रको प्रगति एवं श्री गगन थापा, श्री प्रदीप पौडेल, तपाईं-हाम्रो र हाम्रा सुभेच्छुकहरूको सपना बमोजिम संघीय सरकारले यस केन्द्रलाई मुटुबाट बिस्तार गरी यसै वर्षदेखि ‘शहीद गंगालाल राष्ट्रिय हृदय तथा स्नायु केन्द्र’का रूपमा देशलाई गौरवान्वित हुने मौका दिनेछ भन्नेमा विश्वस्त छु र यस्ता हरेक कार्यमा म सल्लाह सुझावका छु लागि हरदम उपलब्ध हुने नै छु ।

मलाई यस केन्द्रमा बिताएको २५वर्ष एवं यहाँको सद्भावको सदा सम्झना रहने छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “बरिष्ठ कार्डियाक सर्जन रामेश कोइरालाले दिए राजिनामा, भने – ‘अब देश, पेशा, जीवन र भूमिकास् सब अब फरक’

Leave a Reply

Your email address will not be published. Required fields are marked *