त्रिवि जनस्वास्थ्य केन्द्रीय विभागको प्रमुख बने राजन पौडेल

काठमाडौँ, २७ साउन । त्रिभुवन विश्वविद्यालय जनस्वास्थ्य केन्द्रीय विभागको प्रमुखको जिम्मेवारी राजन पौडेललाई दिइएको छ । विभागमै कार्यरत पौडेलले सोमबार नै विभागीय प्रमुखको जिम्मेवारी सम्हालेका छन्।
जनस्वास्थ्य विषयमा स्नातकोत्तर तह र एमफिलका गोडमेडलिष्ट पौडेल यसअघि पनि विभागमै थिए ।
विभागीय प्रमुखको जिम्मेवारी पाएपछि संक्षिप्त प्रतिक्रिया दिँदै पौडेलले भने, ‘पत्र प्राप्त गरेर जिम्मेवारी सम्हालेको छु। विभागको विकास र विस्तारमा काम गर्ने छु।’
पौडेल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको पोषण, खाद्य सुरक्षा तथा विषादी नियन्त्रण उपसमितिका अध्यक्ष समेत हुन्। उनी नेपाल स्वास्थ्य व्यवसायी परिषदका बोर्ड सदस्य पनि हुन्।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



