उपत्यकाका सात क्लिनिकमा सिलबन्दी

0
Shares

anugaman

काठमाडौँ, ३ मंसिर –  स्वास्थ्य मन्त्रालयबाट आज खटिएको अनुगमन टोलीले काठमाडौँ र ललितपुरका बिनादर्ता सञ्चालन भएका सात क्लिनिकमा सिलबन्दी गरेको छ ।

योसँगै अनुगमन टोलीले आजसम्म ३७ निजी क्लिनिकमा सिलबन्दी गरेको छ । टोलीले आज काठमाडौँमा २० र ललितपुरमा ११ निजी स्वास्थ्य क्लिनिकमा अनुगमन गरेको थियो ।

स्वास्थ्य सेवा विभागका उपस्वास्थ्य प्रशासक डा रामराज पन्थीको नेतृत्वको टोलीले काठमाडौँको कालिमाटीदेखि कलङ्कीमा रहेका क्लिनिकमध्ये सुभारम्भ डेन्टल क्लिनिक, हक मेडिकल हल, स्पार्क पोली क्लिनिक, कालिमाटी डेन्टल क्लिनिक, सिटी भ्याली डेन्टल क्लिनिकमा तालाबन्दी गरेको हो ।

सिलबन्दी गरिएका क्लिनिक बिनादर्ता सञ्चालनमा रहेका र एक क्लिनिकले नवीकरण दर्ता नगरेको पाइएको थियो ।
त्यस्तै अनुगमन तथा मूल्याङ्कन महाशाखाका उपसचिव भवनाथ खतिवडाको नेतृत्व टोलीले ललितपुर जिल्लाको ग्वार्कोमा रहेको कङ्काली मेडिकल हल र नीरञ्जन डेन्टल क्लिनिक एन्ड ल्याबमा सिलबन्दी गरेको छ ।

टोलीले ग्लोबल हस्पिटल एन्ड एजुकेसन फाउन्डेसनले गत साउनदेखि नवीकरण नगरेकाले नवीकरणका लागि पत्र काटिएको उपसचिव खतिवडाले जानकारी दिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *