पदपूर्ति नहुँदा स्वास्थ्यसेवाबाट वञ्चित

healthpost

डडेल्धुरा, ३० कात्तिक –  डडेल्धुराको गाँखेत गाविसको स्वास्थ्यचौकीमा आवश्यक दरबन्दी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ ।

दुई स्थायी र तीन जना कर्मचारी करारमा रहेको स्वास्थ्यचौकीमा एक जना बिदामा रहँदा खोप, गाउँघर क्लिनिक सञ्चालनमा समेत समस्या उत्पन्न हुने गरेको छ ।

रिक्त पदपूर्ति हुन नसक्दा गाँखेतवासी सामान्य उपचारबाट र स्वास्थ्य सेवाबाट वञ्चित हुने गरेका छन् । करिब आठ हजार जनसङ्ख्या रहेको गाँखेत गाविसमा स्थायी दरबन्दीका एकजना कर्मचारी लामो समयदेखि बिदामा रहँदा झन् समस्या उत्पन्न भएको हो ।

गाँखेत गाविसवासीले भौगालिक विकटताका कारण एक दिन बास बसी गाविस सदरमुकाममा रहेको स्वास्थ्यचौकी पुगी खोप लगाउनु पर्ने बाध्यता रहेको स्थानीयले बताएका छन् । बेला बेलामा खोपको अभाव खड्किने हुँदा स्थानीयले झनै सास्ती खेप्नुपरेको छ ।

स्वास्थ्यचौकीकोे वार्षिक समीक्षा कार्यक्रममा गाँखेतवासीले रिक्त रहेको दरबन्दी पूर्ति गरी सेवा प्रवाहमा सहजता ल्याउन माग समेत गरेका छन् ।

समीक्षामा ९८ प्रतिशत रकम कार्यान्वयन भएको देखिए पनि दरबन्दी पूर्ति हुन नसक्दा स्वास्थ्यचौकीको सेवा प्रवाहमा समस्या रहेको स्थानीय राम खड्काले बताए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *