पशुपति होमियोप्योथिक चिकित्सालयको निमित्त प्रमुख बनिन् डा. सरिना गुरागाईँ

1.6k
Shares

काठमाडौँ, ३२ असार ।  पशुपति होमियोप्याथिक चिकित्सालय निमित्त प्रमुखको जिम्मेवारी डा. सरिना गुरागाईँले पाएकी छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सचिव स्तरीय निर्णय गर्दै होमियोप्याथि चिकित्सक डा. गुरागाईँलाई चिकित्सालयको नेतृत्व गर्न पठाएको हो ।

उनी यसअघि आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभाग टेकुमा होमियोप्याथिक तथा आम्ची शाखाको नेतृत्वमा थिईन् ।

मन्त्रालयले चिकित्सालयमा यसअघि निमित्त प्रमुख रहेका डा रामकुमार अधिकारीलाई विभागमा सरुवा गरेको छ ।

विसं २०१० सालमा स्थापित पशुपति होमियोप्याथिक चिकित्सालय एक मात्रै सरकारी चिकित्सालय हो । छ वटा शैय्या भए पनि चिकित्सालयमा आईपीडी सेवा सञ्चालन छैन तर ओपिडीमा भने दैनिक २०० देखि २५० बढी बिरामीहरु स्वास्थ्य परीक्षण तथा उपचारका लागि आउने गरेका छन् ।

चिकित्सालय परीक्षणका लागि आउने बिरामीहरुलाई निशुल्क औषधी वितरण गर्दै आएको छ । यस्तै चिकित्सालयमा फिजियोथेरापी र प्रयोगशाला लगायतका सेवा उपलव्ध छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

One thought on “पशुपति होमियोप्योथिक चिकित्सालयको निमित्त प्रमुख बनिन् डा. सरिना गुरागाईँ

  1. मेरी बहिनीलाई हार्दिक बधाई तथा आगामी कार्यकालको शुभकामना ❤️❤️❤️❤️❤️

Leave a Reply

Your email address will not be published. Required fields are marked *