स्वास्थ्य मन्त्री पौडेल चीन जाँदै

काठमाडौँ, ३२ असार । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेल चीन जाने भएका छन् ।
आगामी साउन ८ र ९ गते चीनको वेइजिङमा आयोजना हुने ‘ग्लोबल हेल्थ फोरम (जीएचएफ) २०२५’ सम्मेलनमा सहभागी हुन मन्त्री पौडेल त्यसतर्फ जाने भएका हुन् ।
गत असार २३ गते र ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेका २९ वटा निर्णय एकै पटक सार्वजनिक गर्दै मन्त्री पौडेलको चीन भ्रमण स्विकृत गर्ने निर्णय गरेको हो ।
मन्त्री पौडेलले यसअघि इण्डोनेशिया, भारत र जर्मनी लगायतका देश भ्रमण गरिसकेका छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



