बीपीमा स्वास्थ्य बीमाको प्रथम सेवा विन्दु कायम गर्न धरानका मेयर हर्क : फोनबाट थर्काए पछि पठाए पत्र

काठमाडौँ, ३० असार । स्वास्थ्य बीमा बोर्डले अन्य केही अस्पतालसंगै रेफरल अस्पतालमा सूचीकृत धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पनि प्रथम सेवा विन्दुको रुपमा काम गर्न नपाउने संस्थाको सूचीमा राखेको छ । यस अनुसार अब १ साउन देखि सो अस्पतालले प्रथम सेवा विन्दुको रुपमा काम गर्न पाउने छैन ।

बोर्डले सूचना सार्वजनिक गरेरै यस्तो जानकारी दिएको थियो तर धरानका कतिपय व्यक्तिहरु यसको विरोधमा उत्रिएका छन् ।

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईलाई पनि यो विषय मन परेन । त्यसैले उनले बोर्डका कार्यकारी निर्देशक डा रघुराज काफ्लेलाई फोनमा थर्काएका छन् ।

उनले तपाईहरुको नीतिमा जे जस्तो भए पनि धरानमा अर्को अस्पताल नभएका कारणले बीपीमै प्रथम सेवा विन्दु कायम गर्न पर्छ भन्दै दवाव दिएका छन् । उनले यसो नभएका खण्डमा धराने जनता आन्दोलनमा उत्रिने समेत चेतावनी दिएका छन् ।

मेयर सामपाङ्ले फोनमा थर्कापछि आईतबार पुन बोर्डलाई पत्र लेख्दै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रथम सेवा विन्दु कायम गर्न आग्रह गरेका छन् ।

यता अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने बोर्डको नविकरण अवधी ३१ असारसम्म कायम रहेको भन्दै अहिलेसम्म थप नविकरणका लागि काम नभएको उल्लेख गरेको छ । आईतबार सूचना जारी गर्दै उसले मंगलबारसम्म नविकरण नभए स्वास्थ्य बीमा कार्यक्रम स्वतहरुमा निस्कृय हुने जनाएको छ ।

अस्पतालले बोर्डसंग ७४.५ करोड रुपैयाँ सोधभर्ना लिन बाँकी रहेको भन्दै तत्काल निकासा गरिदिन समेत अनुरोध गरेको छ । उपचारको ठूलो रकम बक्यौता हुँदा सेवा उपलव्ध गराउन समेत कठिनाई भएको बोर्डले जनाएको छ । सो कुरालाई धरानका मेयर राईले पनि उठाएका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *