स्वास्थ्य मन्त्री पौडेल डिस्चार्ज

152
Shares

काठमाडौँ, २० असार । एक साता अघि देखि वीर अस्पतालमा उपचार गराई रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल डिस्चार्ज भएका छन् । स्वास्थ्यमा सुधार आएपछि उनी आज डिस्चार्ज भएको अस्पतालले जनाएको छ ।

ज्वरो, पखला र बान्ताको समस्या भएपछि मन्त्री पौडेललाई गत शनिबार वीर अस्पताल लगिएको थियो । अस्पतालको भीआईपी क्याविनमा भर्ना गरी उनको उपचार सुरु गरिएको थियो ।

विभागीय मन्त्रीको उपचारका लागि वीर अस्पतालले निर्देशक डा दिलीप शर्माको नेतृत्वमा विज्ञ चिकित्सक सम्मिलित टोली गठन गरेको थियो ।

उनीहरुको प्रत्यक्ष निगरानीमा उनको उपचार भएको हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *