औषधी व्यवस्था विभाग सार्वजनिक गर्यो डब्लुएचओ जीएमपी प्राप्त ५८ नेपाली औषधी कम्पनीको सूची
काठमाडौँ, २० असार । त्यसो त औषधी व्यवस्था विभागमा ८६ वटा औषधी उत्पादक कम्पनीले उत्पादन अनुमती पत्र लिई सकेका छन् । तर सबै सञ्चालनमा आईसकेका छैनन् । अहिलेसम्म ७० भन्दा केही बढी कम्पनीहरु सञ्चालनमा रहेको विभागका अधिकारीहरु बताउँछन् ।
पछिल्लो समय औषधीको गुणस्तरको विषयमा बढी चर्चा हुने गरेको छ । अझ् नेपाली उत्पादन कम्पनीका औषधीका विषयमा अझ बढी चर्चा हुँदै आएको छ । गुणस्तर एकीन गर्नका लागि विभागले विश्व स्वास्थ्य संगठनको मापदण्ड कुशल औषधी उत्पादन अभ्यास (जीएमपी) पुरा गर्नुपर्ने भन्दै आएको छ ।
तर अहिलेसम्म ५८ वटा कम्पनीले मात्रै डब्लुएचओ जीएमपी प्राप्त गरेका छन् । अझ यी ५८ वटा मध्ये पनि केही कम्पनीहरुको जीएमपीको वैध रहने अवधी सकिएको अवस्था छ ।
विभागका महानिर्देशक नारायणप्रसाद ढकालले कुनै समयमा जीएमपी प्राप्त गरेका कम्पनीहरुको सूची सार्वजनिक गरेको भन्दै केहीको जीएमपी बैध रहने अवधी सकिएको र केहीले नवीकरणका लागि आवेदन दिएको बताए ।
उनले जीएमपी प्राप्त कम्पनीहरुले विश्व स्वास्थ्य संगठनको मापदण्ड पुरा गर्ने भएकोले त्यहाँबाट उत्पादिक औषधीको गुणस्तर विश्वस्तरीय हुने समेत बताए ।
हेर्नुहोस् सूची:
सम्पर्क इमेल : [email protected]