इँटाभट्टामा काम गर्दै एसईईमा ४ जीपीए ल्याएकी गोमालाई मीनबहादुरले एमबीबीएससम्म पढाइदिने

52
Shares

काठमाडौँ, १९ असार । इँटाभट्टाको खलामा काम गर्दै एसईईमा ४ जीपीए ल्याएकी गोमा श्रेष्ठलाई भाटभटेनीका अध्यक्ष तथा समाजसेवी मीनबहादुर गुरुङले एमबीबीएससम्मको पढाइदिने भएका छन् ।

बिहीबार गोमालाई भाटभटेनीस्थित कार्यालयमा बोलाएर गुरुङ र उनकी श्रीमती सावित्री गुरुङले एमबीबीएस पढाउने वाचासहित एक लाख रूपैयाँ नगद, एउटा ल्यापटप र सम्मानपत्र दिएका छन् ।

गोमालाई सेन्ट जेभियर्स कलेज, माइतीघरमा ११ र १२ कक्षासम्मको अध्ययन पनि गुरुङले आफ्नै खर्चमा गराउने प्रतिबद्धता जनाएका छन् । यसपछि एमबीबीएससम्मको अध्ययन खर्च समेत व्यहोर्ने वचन दिएका छन् ।

यसअघि पनि गुरुङले विभिन्न विकट जिल्लाका धेरै विद्यार्थीहरूलाई पाटन विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइरहेका छन् । त्यही सूचीमा गोमा पनि थपिएकी हुन् ।

गोमाले चाँगुनारायण नगरपालिका-८ स्थित सुडालको एक इँटाभट्टामा काम गर्दै आएकी थिइन् । उनी बिहान बेलुका इँटा सुकाउने काम थिइन् । कामको साथमा स्कुल पनि पढिरहेकी गोमा ४ जीपीए ल्याएपछि चर्चामा आएकी थिइन् ।

उनले आफूलाई डाक्टर बन्ने चाहना भएको, तर आर्थिक अवस्था कमजोर रहेको समाचार बाहिरिएपछि गुरुङ दम्पतीले सहयोग गरेका हुन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *