बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति बन्न १३ जनाको आवेदन
काठमाडौँ ११ असार । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त उपकुलपति पदका लागि लागि १३ जनाको आवेदन परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत रहेको उपकुलपतिको नाम सिफारिस समितिको सचिवालयमा मंगलबार अपरान्ह ५ बजेसम्म १३ जनाको आवेदन परेको हो।
यतिवेला स्वास्थ्य मन्त्रालय अन्तर्गतका चारवटा प्रतिष्ठान उपकुलपति विहीन छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति पद रिक्त छ ।
समितिले यी चारवटै प्रतिष्ठानका लागि उपकुलपतिको नाम सिफारिस गर्न गत बुधबार सूचना निकाली योग्यता पुगेका ईच्छुक व्यक्तिदलाई आवेदन दिन आव्हान गरेको थियो । सो अनुसार चार वटा प्रतिष्ठानमा ५५ जनाले आवेदन दिएका थिए ।
यी हुन् बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपकुलपति बन्न आवेदन दिनेहरु
- प्राडा प्रह्लाद कार्की
- डा. रोशन पोखरेल
- प्राडा गौरी शंकर शाह
- प्राडा संगीता भण्डारी
- डा. ज्ञानेन्द्र गिरी
- प्राडा पशुपति चौधरी
- प्राडा कृष्णकुमार राई
- प्राडा रोहित प्रसाद यादव
- प्राडा विक्रम प्रसाद श्रेष्ठ
- प्राडा सञ्जिव कुमार शर्मा
- प्राडा विष्णु प्रसाद शर्मा
- डा रामेश राज कोइराला
- डा लक्ष्मी नारायण सिंह
सम्पर्क इमेल : [email protected]