नि:शुल्क स्वास्थ्य शिविर लिएर कर्णाली पुग्यो बीएम फाउण्डेसन

काठमाडौँ, १० असार । नि:शुल्क स्वास्थ्य शिविर मार्फत मानव स्वास्थ्यमा होमिदै आएको बीएम फाउण्डेसन सेवालाई निरन्तरता दिन पछिल्लो पटक कर्णाली पुगेको छ ।

गत ४ असारमा सुर्खेतस्थित बीरेन्द्रनगर नगरपालिका – १३ स्थित जरबुटा करैखोला पुगेर निशुल्क रुपमा आँखा तथा दन्त स्वास्थ्य परीक्षणको आयोजना गरेको हो ।

‘नरपालिकाकै वडा भए पनि त्यो ठाउँमा सहज स्वास्थ्य परीक्षण तथा उपचार सेवा पाउन गाह्रो हुँदो रहेछ । यसपटक फाउण्डेशनले करै खोला पुग्ने निधो गरयो र त्यहाँ पुग्यौँ,’ शिविरबाट फर्केपछि फाउण्डेसनका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले भने ।

उनका अनुसार एक दिन निशुल्क स्वास्थ्य शिविरमा ३१३ जनाको आँखा तथा २४६ जनाको दाँत गरी कुल ५५९ जनाको स्वास्थ्य परीक्षण भएको थियो । यस्तै शिविरमा दन्त परीक्षण, दाँत सफा गर्ने, भर्ने, निकाल्ने, सफा गर्ने तथा आँखा तर्फ आँखा जाँच पछि आवश्यक परेकालाई निशुल्क औषधी तथा चस्मा वितरण गर्ने काम भएको बताए ।

शिविरको आयोजक फाउण्डेशन थियो भने, सह आयोजकको रुपमा वीरेन्द्रनगर नगरपालिका वडा नं १३, कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल, केडीसी जनरल हस्पिटल रहेका थिए । शिविरमा सहयोगी संस्थाको रुपमा सहकार्य गरिमा विकास बैंकसंग भएको थियो ।

केडीसीका स्वेच्छा मरासिनीका अनुसार शिविरमा आउनेहरुमा दन्त तर्फ दाँत किराले खाने समस्या र गिजाको समस्या देखिएको थियो । यस्तै आँखा तर्फ दृष्टिदोष, मोतिविन्दु, प्रेसबायोपिया, आँखा सुख्खाको समस्याहरु बढी देखिएको थियो । सोही अवसरमा टोलीले स्थानीय नेपाल राष्ट्रिय माविका कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुलाई दन्त स्वास्थ्य कसरी राख्ने भन्ने विषयमा प्रशिक्षण समेत दिएको थियो ।

करै खोला शिविरमा बुद्धिमान श्रेष्ठको नेतृत्वमा डा सोनु श्रेष्ठ, डा कृतिका थापा, डा रिमा भारती, डा काजोल भण्डारी लगायत थिए । यस्तै डेन्टल हाईजिनिष्टहरु पुनम गुरुङ, रस्मी मगर, चिना पुन मगर, सुवानी केसी लगायतका थिए ।

आँखाका लागि प्राविधिकहरु विजया भट्टराई तथा सुमित्रा चौधरीसहित चार जनाको टोली खटिएको थियो । साथै टोलीमा जनस्वास्थ्य अधिकृत स्वेच्छा मरासिनी पनि थिईन् ।

शिविरको उद्घाटनको अवसरमा वडा अध्यक्ष दीपेन्द्रराज कोइरालाले फाउण्डेशनले यति टाढाको यात्रा तय गरी आई सेवा दिएकोमा आफू हर्ष विभोर भएको बताएका थिए । यस्तै गरिमा विकास बैंकका क्षेत्रीय प्रवन्धक प्रकाश देवकोटा र सुर्खेतस्थित ब्राञ्च म्यानेजर विशाल अधिकारीको समेत उपस्थिति थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *