चार वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा उपकुलपति नियुक्तिका लागि आवेदन माग
काठमाडौँ, ४ असार । सरकारले रिक्त रहेका चार वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा उपकुलपति पदमा नियुक्तिका लागि आवेदन माग गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत रहेको उपकुलपति सिफारिस समितिको सचिवालयले सार्वजनिक सुचना जारी गर्दै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग गरेको हो ।
स्वास्थ्य मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धि मापदण्ड, २०७३ अनुसार योग्यता पुगेका इच्छुक उम्मेदवारलाई आवेदन दिन भनिएको छ ।
उम्मेदवारले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आवश्यक कागजातसहित आवेदन पेश गर्नु पर्नेछ ।
सम्पर्क इमेल : [email protected]