राप्ती प्रादेशिक अस्पतालमा एक वर्षदेखि ‘सिटीस्क्यान’ सेवा प्रभावित

16
Shares

काठमाडौँ, ४ असार । राप्ती प्रादेशिक अस्पतालको ‘सिटीस्क्यान’ मेसिन एक वर्षदेखि बिग्रिएपछि सेवा प्रभावित भएको छ ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. पदमराज अधिकारीका अनुसार उक्त मेसिन मर्मत हुन नसक्दा सेवा प्रभावित भएको जानकारी दिए । उनले प्राविधिकहरुले उक्त मेसिन मर्मत हुन नसक्ने भनेकाले नयाँ मेसिन आवश्यक पर्ने बताए ।

२०७७ सालमा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले उक्त मेसिन उपलब्ध गराएपछि अस्पतालमा सिटीस्क्यान सेवा सुरु भएको थियो । मेसिन तीन करोडमा खरिद भएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *