काठमाडौँ डाइविटिजद्धारा मधुमेह परीक्षणका लागि सहुलियतको प्याकेजको घोषणा
ललितपुर २३ कात्तिक – जावलाखेल स्थित काठमाण्डौं डाइविटिज एण्ड थाइराइड सेन्टर प्रा.लि. ले.मधुमेह दिवसको अवसर पारेर बिरामीका लागि विशेष सहुलियत प्याकेज ल्याउने तयारी गरेको छ ।
विश्व मधुमेह दिवसको अवसर पारेर आगामी २९ कात्तिक (नोभेम्बर १४) देखि सहुलियत दरमा सम्पूर्ण परीक्षण प्याकेजको रुपमा दिन लागिएको प्रालिका निर्देशक एवं बरिष्ठ मधुमेह, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डा अंशुमाली जोशीले बताए ।
दिवसका अवसरमा सेन्टरले मधुमेह नभएकाहरुलाई तीन दिनसम्म निशुल्क ब्लड सुगर परीक्षण समेत गर्ने जनाएको छ । अल्का अस्पतालको परिसरमा तीन दिनसम्म आयोजना हुने कार्यक्रममा अहिलेसम्म आफ्नो शरीरमा मधुमेहको अवस्था थाह नभएकाहरुले निशुल्क रुपमा ब्लड सुगरको परीक्षण गर्न पाउने छन् ।
सेन्टरका अध्यक्ष कुमार थापाले मधुमेह सम्वन्धी जनचेतना फैलाउन दिवशकै दिन अर्थात २९ कात्तिकमा ललितपुर र काठमाण्डौं मा ¥याली तथा मधुमेह रोगसम्बन्धी परामर्श कक्षा समेत संचालन गर्ने तयारी भएको बताए ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com



नेपाली हेल्थ 
