१० वर्षे आयुर्वेद तथा बैकल्पिक चिकित्सा सेवा रणनीति मस्यौदालाई अन्तिम रुप दिईदै

काठमाडौँ, २६ जेठ । १० वर्षे आयुर्वेद तथा बैकल्पिक चिकित्सा सेवा रणनीति बनाउने क्रममा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार मस्यौदालाई अन्तिम रुप दिन भन्दै प्राविधिक कार्यदल सहितको बृहत छलफल आयोजना गरेको छ ।

नीति योजना तथा अनुगमन महशाखा प्रमुख समेत रहेका मस्यौदा समितिका संयोजक डा कृष्णप्रसाद पौडेलको अध्यक्षतामा भएको छलफलमा बनेको मस्यौदा र त्यसमा थप घट गर्नुपर्ने विषयका बारेमा अन्तरक्रिया भएको थियो ।

सो कार्यक्रममा कार्यदलका सदस्य सचिव डा पुष्पराज पौडेलले रणनीतिक मस्यौदामा अहिलेसम्म उल्लेखित विषयका बारेमा प्रस्तुति दिएका थिए । उनको प्रस्तुति पछि छलफलमा सहभागीहरुले आफ्ना सुझावहरु दिएका थिए ।

‘१० वर्षे आयुर्वेद तथा बैकल्पिक चिकित्सा सेवा रणनीति (२०८१/०८२ देखि २०९१ /०९२ ) को अन्तिम मस्यौदामा प्राविधिक कार्यदल सहितको विस्तारित बैठक हो । यसमामा आएका केही सुझावहरुलाई समेटेर अब यसलाई निर्णयार्थ प्रस्तुत गरिनेछ,’ टोलीका एक सदस्य डा प्रेरक रेग्मीले बताए ।

‘मौजुदा नीति तथा कार्यक्रमहरुलाई प्रभावकारी एवं व्यवस्थित रुपमा कार्यन्वयन गराउन यो रणनीति तयार गरिएको हो । आयुर्वेद तथा नेपालमा प्रचलित परम्परागत बैकल्पिक पुरक चिकित्सा विधाहरुको विकास विस्तार र सदुपयोगकप्रति सरकार र सम्वन्धित निकायको प्रतिवद्धता जनाउन पनि यसलाई अघि सारिएको हो,’ सदस्य सचिव डा. पौडेलले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *