नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष पदमा डा. नारायणबिक्रम थापा नियुक्त
काठमाडौँ, २५ जेठ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्ष पदमा डा नारायण बिक्रम थापा नियुक्त भएका छन् । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै चार वर्षका लागि अध्यक्ष पदमा नियुक्त गरेका हुन् ।
डा थापा यसअघि नेपाल मेडिकल काउन्सिलको उपाध्यक्ष समेत भएका थिए ।
रिषद्मा यसअघि अध्यक्ष रहेका डा. गेहनाथ बरालको कार्यकाल सकिएपछि मन्त्री पौडेलले थापालाई सो पदमा नियुक्त गरेका हुन् ।
‘अध्यक्ष नियुक्त भएको पत्र आईसकेको छ । अब उहाँ आएर पदवहाली गर्नु होला,’ परिषद् स्रोतले भन्यो ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]