स्वास्थ्यका कानुन उपसचिव भुसालको सरुवा, नयाँ उपसचिव रेग्मी

1.3k
Shares

काठमाडौँ, २२ कात्तिक – स्वास्थ्य मन्त्रालयका कानुनउपसचिव खिमानन्द भुसालको सरुवा भएको छ । कानुन मन्त्रालयले भुसाललाई स्वास्थ्यबाट कृषि मन्त्रालयमा सरुवा गरेको हो । उनको स्थानमा कृषि मन्त्रालयका कानुन उपसचिव शम्भु रेग्मीलाई पठाएको छ ।

khimananda

सरुवाको निर्णय २१ भदौमा भएपनि भुसाल अहिलेसम्म स्वास्थ्यमै रहेका थिए । अर्का उपसचिव रेग्मी पनि स्वास्थ्यमै आएर हाजिर हुने गरेका थिए । दुई महिनासम्म दुई जना उपसचिव रहँदा स्वास्थ्यमा अन्योल जस्तो देखिएको थियो ।

‘रमाना पाएको थिइन, केही मिस अन्डरस्टान्डिङ जस्तो पनि भएको थियो, अब क्लियर भएको छ । बुधबार रमाना बुझेर कृषिमा हाजिर हुन्छु होला,’ भुसालले भने ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *