आगामी १२ र १३ असारमा इपिडिमियोलोजी सम्बन्धि प्रथम राष्ट्रिय सम्मेलन हुँदै
काठमाडौँ २१ जेठ । आगामी १२ र १३ जेठमा इपिडिमियोलोजी सम्वन्धी पहिलो राष्ट्रिय सम्मेलन हुने भएको छ ।स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को आयोजनामा हुन लागेको ‘फ्रस्ट नेशनल कन्फ्रेन्स अन फिल्ड इपिडिमियोलोजी -२०२५’ लाई विश्व स्वास्थ्य संगठनले सघाउने छ ।
‘खासगरी रोगहरुको खोजी र समाधानको उपायहरुको बारेमा घनिभुत रुपमा छलफल हुन्छ । यसको उदेश्य महामारी नियन्त्रण गर्नका लागि जत्था तयार गर्नु पनि हो । फिल्डमा खटिएका महामारी नियन्त्रकहरुको अनुभव र अध्ययनहरुको आदानप्रदान गर्दै रोग पहिचान, निगरानी तथा प्रतिकार्यका विषयमा नविनतम अभ्यास र सिकाईलाई अघि बढाउनु हो,’ ईडीसीडीका निर्देशक डा चन्द्रभाल झाले भने ।
उनले सम्मेलनमार्फत रोग अनुसन्धान तथा नियन्त्रणमा संलग्न सरोकारवालाहरूलाई एकै स्थानमा ल्याउने र साझा ज्ञान तथा सहकार्यको माध्यमबाट स्वास्थ्य सुरक्षालाई सुदृढ बनाउने, महामारी तयारीलाई बढावा दिने र दिगो रोग नियन्त्रणमा योगदान पुर्याउने आशा गरिएको बताए ।
‘यसले विशेष गरी संक्रामक रोगहरुको नियन्त्रणका विषयमा छलफल गरेर सम्मेलनबाट आएका विषयहरुले महामारी नियन्त्रणमा भोलिका दिनमा नीति नियम र रणनीति बनाउन उपयोगी हुन्छ,’ डा. झाले अगाडी थपे ।
सम्मेलनका लागि ईडीसीडीले एब्स्ट्रयाक आव्हान गर्दै वान हेल्थ एप्रोजबाट संक्रामक रोग, निगरानी, प्रकोप अनुसन्धान र तत्काल प्रतिक्रिया, जोखिम सञ्चार समुदाय सम्लग्नता, प्रकोपछिको मूल्यांकन र नीतिगत हस्तक्षेप, स्वास्थ्य आपतकालीन अवस्थाका सन्दर्भमा विपद व्यवस्थानका विषयमा दिन सकिने बताएको छ ।
सम्पर्क इमेल : [email protected]