चिकित्सा शास्त्र, नर्सिङ लगायतको अध्ययन कोटा वृद्धि गरिने

काठमाडौँ, १५ जेठ । सरकारले आगामी वर्ष चिकित्सा शास्त्र, नर्सिङ लगायतको अध्ययन कोटा वृद्धि गर्ने भएको छ। आर्थिक वर्ष २०८२र०८३ को बजेटमा यस्तो व्यवस्था गरिएको हो।
उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण गर्ने क्रममा भने, ुचिकित्सा शास्त्र र नर्सिङ लगायत प्राविधिक क्षेत्रको जनशक्ति अभाव हुन नदिन अध्ययन कोटा वृद्धि गरिनेछ। त्यसका लागि मापदण्ड परिमार्जन गरिनेछ।ु
बन्ने क्रममा रहेका बर्दिबास, सुर्खेत, बुटवल र डडेलधुरामा मेडिकल कलेज पूर्वाधार निर्माणका लागि ५६ करोड रुपैयाँ छुट्याइएको समेत बताए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



