अवरुद्ध एक्सरे सेवा सुचारु

बैतडी, २० कात्तिक – जिल्ला अस्पताल बैतडीमा अवरुद्ध भएको एक्सरे सेवा करिब दुई महिनापछि सुचारु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयको पहलमा स्वास्थ्य सेवा विभागले उपलब्ध गराएको नयाँ एक्सरे मेसिन जडान गरिएपछि शुक्रबारदेखि एक्सरे सेवा सुचारु भएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा गुणराज अवस्थीले बताए ।
झन्डै १८ वर्ष पुरानो एक्सरे मेसिन बेलाबेलामा बिग्रन थालेपछि गएको भदौ महिनादेखि एक्सरे सेवा नै प्रभावित भएको थियो ।
एक्सरे सेवा सुचारु भएपछि सो सेवाका लिनका लागि सीमावर्ती भारतको पिथौरागढ र अन्य ठाउँका अस्पतालमा जानुपर्ने बाध्यता हटेको छ । रासस
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



