नेपालका ८१९ प्रजातिका वनस्पति जडीबुटी औषधिको रुपमा प्रयोग

148
Shares

jadibuti

काठमाडौँ, १९ कात्तिक – औषधिको रुपमा प्रयोग हुने जडीबुटीको सङ्ख्यामा वृद्धि भएकोे छ । बनस्पति विभागले सात हजार फूल फुल्ने बनस्पतिमध्ये ८१९ प्रजातिका वनस्पति औषधिका रुपमा प्रयोग हुँदै आएको जनाएको छ ।

विभागका प्रवक्ता सुधीता बासुकलाले २०६५ सालको तुलनामा ११८ प्रजातिका जडीबुटी वृद्धि भएको जानकारी दिए। विसं २०६५ मा ७०१ जडीबुटी औषधिका रुपमा प्रयोग भएकामा अहिले सो सङ्ख्या ८१९ पुगेको छ ।

सबैभन्दा बढी कर्णाली क्षेत्रमा तथा कम गण्डकी क्षेत्रमा जडीबुटी उत्पादन हुन्छ । कर्णाली क्षेत्रमा हावापानी तथा जलवायु राम्रो र मानवीय चाप कम भएका कारण बढी मात्रामा जडीबुटी उत्पादन हुने गरेको विभागको भनाइ छ ।

हिमाली क्षेत्रमा जटामसी, कुट्की, अतिस, पद्यमचाल पहाडी, क्षेत्रमा चिराइतो, टिमुर, तेजपात, दालचिनी, सुगन्धवाल तथा तराईमा मेन्था, केमोमाइल, सिट्रोनेला, कुरिलो, सर्पगन्धालगायतका जडीबुटी पाइने गरेका छन् । उत्पादन हुने अधिकांश जडीबुटी भारत र चीनमा निकासी हुने गरेको बताइएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *