राजश्व छलिको आरोपमा न्युट्रास्युटीकल एसोसिएसन मोरङका अध्यक्ष बिपिन झा पक्राउ

160
Shares

बिराटनगर, १२ जेठ । न्युट्रास्युटीकल एसोसिएसन मोरङका अध्यक्ष बिपिन झा पक्राउ परेका छन् । राजस्व छली गरेको आरोपमा उनी गत बिहीबार पक्राउ परेका हुन्।

राजस्व अनुसन्धान कार्यालय इटहरी स्रोतका अनुसार उनले विरामीलाई आर्थिक भार पर्ने ‘न्युट्रास्युटीकल’ (खाद्यपूरक) सामाग्रीमा नयाँ उत्पादन मिति राखेर बजार पठाउने गरेका थिए ।

राजश्व कार्यालयले उनलाई केही समय देखि अनुसन्धानको दायरामा राखेको थियो । तर उनी पक्राउ पर्ने डरले फरार थिए । गत साता सुटुक्क विराटनगर आइपुगेका झालाई राजस्व अनुसन्धान कार्यालय इटहरीले पक्राउ गरेको हो ।

उनीविरुद्ध उच्च अदालत विराटनगरमा आइतबार म्याद थप गरेर अनुसन्धान सुरु भएको छ । राजस्व कार्यालयले १३ दिनको म्याद थप माग गरेको भए पनि अदालतले पाँच दिनको मात्र अनुमति दिएको उच्च अदालत विराटनगरका रजिष्ट्रार जगदीशप्रसाद भट्टले जानकारी दिए ।

राजस्व अनुसन्धान कार्यालयले निरन्तर अनुसन्धान गर्दै जाँदा झाले राजस्व छली गरेर खाद्य पूरक सामग्री र मल्टी भिटामिनहरू ल्याएको पत्ता लागेपछि उनलाई पक्राउ गरिएको बताइएको छ ।

राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरीका प्रमुख उत्तम कुमार घिमिरेले राजस्व छली गरेको विषयमा अनुसन्धान भइरहेको बताए ।

‘अहिले अनुसन्धान भइरहेको छ । अनुसन्धान पूरा भएपछि मात्र भन्न मिल्छ । झाले कति राजस्व छली गरे त्यो भने अझै खुलिसकेको छैन,’ उनले भने, ‘पछि अनुसन्धान सकिएपछि मात्रै भन्न मिल्छ ।’

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *