महालक्ष्मी नगरपालिकाले दियो महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई १० दिने आधारभूत तालीम

ललितपुर, १० जेठ ।  महालक्ष्मी नगरपालिकाले १८ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई १० दिने आधारभूत तालीम दिएको छ । शनिबार सम्पन्न उक्त तालीम महानगरपालिका स्वास्थ्य शाखाको आयोजना भएको हो । नगरपालिकाको वडा नं ८ स्थित सभाहलमा शनिबार एक औपचारिक कार्यक्रम गरी तालीमको समापन गरिएको थियो ।

यसैबीच तालीम समापन समारोहलाई सम्वोधन गर्न पुगेका नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठले महिला स्वयंसेविकाहरूलाई सामुदायिक स्वास्थ्य सेवामा अझ सशक्त र सक्षम बनाउने दिशामा एक महत्वपूर्ण आधारशिला राखेको बताए । उनले प्रशिक्षणमार्फत महिलाहरूलाई नेतृत्वदायी भूमिकामा लैजानुका साथै समाजमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न योगदान पुग्ने विश्वास व्यक्त गरे ।

सो अवसरमा नगर उप–प्रमुख श्रीमती लक्ष्मी महर्जन, जडा नं. ८ का वडा अध्यक्ष श्री विश्वराज श्रेष्ठ र वडा नं. ९ का वडा अध्यक्ष श्री जयकृष्ण बोगटीको समेत उपस्थिति रहेको थियो । यस्तै वडा सदस्यहरु, स्वास्थ्य शाखा प्रमुख हिमलाल ज्ञवाली, शिक्षा निर्देशक चिरञ्जीवी पौडेल तथा तालीममा संलग्न प्रशिक्षकहरुको सहभागिता थियो ।

महालक्ष्मी नगरपालिकामा पुरानो संरचना अनुसार ४५ जना महिला सामुदायिक स्वास्थ्य स्वयं सेविकाहरुले सेवा दिदै आईरहेका थिए । तर स्थानीय तहले जनसंख्या र भूगोलको आवस्यकताको आधारमा थप ८ जना छ्नोट गरेपछि यो तालीम आयोजना गरिएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *