क्यान्सरका बिरामी ज्योतिलालको उपचारका लागि एक सातामै उठ्यो ६ लाख ८६ हजार बढी सहयोग

पाल्पा, ८ जेठ । गत महिना क्यान्सर संक्रमण पुष्टि भएका पूर्वखोला – ३ खाक्सीका ४५ वर्षीय ज्योतिलाल खनालको उपचार बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा सुरु भएको छ । उनलाई घाँटीको क्यान्सर देखिएको हो ।

आर्थिक रुपमा विपन्न खनाललाई उपचारमा सहयोग गर्न स्थानीय यूवाहरुको समूह पूर्वखोला यूथ ग्रुपले एक साता अघि मात्रै आर्थिक सहयोगका लागि आव्हान गरेको थियो । सो आव्हानमा ६ लाख ८६ हजार १०६ रुपैयाँ उठेको छ ।

बुधबार मात्रै उनीहरु भरतपुर पुगेर एक सातामा संकलित ६ लाख ८६ हजार १०६ रुपैयाँ बिरामी खनालसंगै उनकी श्रीमती ज्ञानकुमारी खनाललाई रकम हस्तान्तरण गरेका छन् ।

‘गाउँका युवा देखि बृद्धसम्म, आमा समूह देखि महिला समूहसम्म, स्थानीय संस्थाका कर्मचारी देखि व्यापारीहरु सम्म, यहाँ मात्रै होईन, गाउँ बाहिर र देशबाहिर बसेका सबै साथीभाई आफन्त मनकारीहरुले ठूलो सहयोग गर्नु भयो,’ रकम संकलन कार्यमा खटिएका सुवोध न्यौपानेले भने ।

सो अवसरमा बोल्दै समूहका तर्फबाट बासुदेव न्यौपानेले स्वदेश तथा विदेशमा रहेका मनकारीहरुको सहयोगमा छोटो अवधीमा ठूलो रकम जुटेको भन्दै मनकारीहरुलाई धन्यवाद दिए ।

अर्का अभियन्ता गंगा काम्मूले एक साताको अवधीमा १३२ जना व्यक्ति तथा समूहले रकम सहयोग गरेको रकम आफूहरुले हस्तान्तरण गरेको भन्द्यै थप सहयोगका लागि इच्छुक व्यक्तिले अब श्रीमती ज्ञानकुमारीको नाममा रहेको ग्लोबल आईएमई बैंकको खाता (मा सिधै रकम हस्तान्तरण गर्न सक्ने समेत बताए ।

बिरामीको तर्फबाट श्रीमती ज्ञानकुमारीले दुखका बेला यसरी सहयोग रकम जुटाईदिएर युथ ग्रुपले ठूलो गुन लगाएको भन्दै धन्यवाद दिईन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *