फार्मासिस्ट कुटिएको घटनाको नेपाल फर्मास्यूटिकल एसोसिएसनद्धारा भत्सर्ना

544
Shares

काठमाडौँ, ७ जेठ । फार्मेसी अनुगमनका लागि खटिएका औषधी व्यवस्था विभागका कर्मचारीमाथि रौतहटमा भएको कुटपिटको घटनाको नेपाल फर्मास्यूटिकल एसोसिएसनले भत्सर्ना गरेको छ ।

एसोसिएसनका अध्यक्ष ललितमोहन पन्त र महासचिव सञ्जीव कट्टेलले मंगलबार विज्ञप्ती जारी गर्दैै घटना छानविन गरी दोषीमाथि कडा कारवाही गर्न माग गरेका छन् ।

विभागका वीरगञ्ज क्षेत्रीय कार्यालयका प्रमुख शम्भु साहको नेतृत्वमा रौतहट अनुगमन गर्न पुगेको टोलीमाथि सोमबार राजपुर क्षेत्रमा आक्रमण भएको थियो । स्थानीयहरुले फार्मेसी निरीक्षक ओमप्रकाश जयसवाल र फार्मेसी अधिकृत अमर शर्मा माथि आक्रमण गर्दै लखेटेका थिए ।

स्थानीय शेख नेक महम्मदले हार्डवेयर पसलको बोर्ड राखेर वर्षौ देखि विना दर्ता फार्मेसी पसल चलाईरहेको उजुरी परेपछि निरीक्षणका लागि टोली त्यस तर्फ पुगेको थियो ।

एसोसिएसनले विज्ञप्तीमा फार्मेसी पेशा तथा व्यवसायलाई मर्यादित, पारदर्शी र उत्तरदायी र सुरक्षित बनाउन प्रतिवद्ध छ भन्दै देशभरका फार्मेसी व्यवसायीलाई सम्वन्धित कानून, नियमन र आचारसंहिता अनुसार व्यवसाय सञ्चालन गर्न आव्हान समेत गरेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *