नर्भिक अस्पतालद्वारा १६ नर्सिङ कर्मचारी पुरस्कृत

काठमाडौं, ३० बैशाख। अन्तर्राष्ट्रिय नसिङ दिवसको अवसरमा थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालले १६ नर्सिङ कर्मचारीहरुलाई पुरस्कृत गरेको छ।

दिवसको अवसरमा सोमबार आयोजित समारोहमा अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरी, अध्यक्ष राजेन्द्रबहादुर सिंह र प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले १६ जनालाई ‘बेस्ट नर्सिङ स्टाफ’ अवार्डबाट पुरस्कृत गरेका हुन् ।

पुरस्कृत हुनेहरुमा नेहा ट्वाटी, प्रविना डंगोल, उषा पन्त, अर्डिना गैडा, आयशा डंगौरा, अन्जली गोले, रक्षा थापा, रश्मी थापामगर, सचिना, महर्जन, सिमरन देव, अक्षिता कार्की, अस्मिता सुनारीमगर, लक्ष्मीकेशरी फैंजु, विपिना घले, गोपालबहादुर बिक र कीर्ति श्रेष्ठ रहेका छन् । पुरस्कृत नर्सिङ कर्मचारीहरुलाई अस्पतालका तर्फबाट प्रमाणपत्र र मिडास डे स्पाको निःशुल्क गिफ्ट भौचर पनि प्रदान गरिएको थियो ।

सो अवसरमा अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरीले अस्पतालको मुख्य आधारशीला नै नर्सहरू भएको उल्लेख गर्दै सबै नर्सहरुलाई समान व्यवहार र एक अर्कालाई उत्प्रेरणा जगाउने काम गर्नुपर्ने बताईन् । उनले आगामी दिनमा डेजी फाउन्डेसनको सहकार्यमा उत्कृष्ट नर्सहरुलाई पुरस्कृत गर्दै अघि बढ्ने अवसर दिने पनि बताईन् ।

यसअघि अस्पतालले आज बिहान वाकाथन कार्यक्रम आयोजना गरेको थियो । बिहान साढे ७ बजे नर्भिक अस्पतालबाट सुरु भएको वाकाथन कुपण्डोल, कानदेवतास्थान, पुल्चोक, मंगलबजार, कृष्णमन्दिर पुगेर पाटन ढोका हुदै सोही रुटबाट फिर्ता भएको थियो ।

त्यसअवसरमा कृष्णमन्दिरको प्रांगणमा अस्पतालका नर्सिङ कर्मचारीहरुद्वारा सीपीआरसम्बन्धी जनचेतनामूलक प्रदर्शनी आयोजना गरिएको थियो । वाकाथनमा अस्पतालमा कार्यरत नर्सहरुका साथै कर्मचारीहरु सहभागी थिए ।

आधुनिक नर्सिङकी संस्थापक फ्लोरेन्स नाइटिंगेलको जन्मदिन पारेर अन्तर्राष्ट्रिय नर्स काउन्सिलको आह्वानमा हरेक वर्ष मे १२ का दिन यो दिवस मनाउने गरिन्छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *