सरकारले निशुल्क भनेको स्थायी र लामो अवधीको परिवार योजना सेवामा शुल्क लिन थालेपछि

काठमाडौँ, २२ बैशाख । सरकारी स्वास्थ्य संस्थाबाट स्थायी र लामो अवधीको परिवार योजना सेवा लिनका लागि नागरिकले पैसा तिर्नु पर्दैन । नागरिकले तिर्नुपर्ने पैसा सरकारले नै ती स्वास्थ्य संस्था र कार्यरत कर्मचारीलाई परिवार योजना सेवा वापत भन्दै प्रोत्साहन रकम उपलव्ध गराउँने गर्दछ ।
तर कतिपय स्वास्थ्य संस्था र त्यहाँ कार्यरत कर्मचारीहरुले यताबाट निशुल्क उपलव्ध सेवा उपलव्ध गराए वापत नागरिकसंग शुल्क असुल्ने गरेको पाइएको छ ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महशाखाले सरकारले उपलव्ध गराएको निशुल्क सेवाको शुल्क लिने गरेको पाइएको भन्दै अब देखि यस्तो कार्य नगर्न स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीहरुलाई अनुरोध गरेको छ । उसले सबै स्थानीय तहलाई पत्र लेख्दै शुल्क लिने गरेको पाईए ती स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थालाई प्रोत्साहन रकम उपलव्ध नगराउन भनेको छ ।
यस्तै महाशाखाले कतिपयले सरकारबाट निशुल्क प्राप्त गर्भ निरोधक साधन लिने गरेको र सेवाग्राहीबाट त्यसको पैसा लिने गरेको समेत सुनिएको भन्दै त्यस्तो कार्य नगर्न समेत अनुरोध गरेको छ ।
महाशाखाका निर्देशक डा विवेककुमार लालले स्थानीय तहलाई पठाएको पत्रमा केही स्वास्थ्य संस्थाहरुबाट नेपाल सरकारबाट निशुल्क गर्भ निरोधक साधन लिने गरेको तथापी सेवाग्राहीबाट भने सेवा शुल्क लिने गरेको जानकारी प्राप्त हुन आएकोले अब उप्रान्त सरकारबाट यस्तो नगर्न नगराउन भनेका छन् ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

